काठमाडौं, १ साउन । केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेट आजबाट पूर्ण रुपमा लागू भएसँगै सरकारी कर्मचारीको तलब बढेको छ । अब सरकारी कर्मचारीले साउनको तलब दुई हजार रुपैयाँ बढेर पाउने छन् ।
यसअघि दिँदै आएको २ हजार भत्तालाई निरन्तरता दिँदै सरकारले तलब २ हजार रुपैयाँले बढाइदिएको थियो । जेठ १५ को बजेटपछि सबै तहका कर्मचारीको तलब २ हजारले बढेको हो ।
२ हजार तलब निजामतिबाहेक शिक्षक, नेपाली सेना, प्रहरीलगायतका कर्मचारीको पनि बढेको हो ।
आजैबाट सामाजिक सुरक्षा भत्ता पनि बढेको छ । अब वृद्धवृद्धाले मासिक ४ हजार भत्ता पाउने छन् । सरकारले ३ हजारको भत्तालाई ४ हजार र्पुयाएको हो ।
Post Views: 54