जुगेश दास
सुनसरी,११ साउन । सुनसरीको देवानगञ्ज गाँउपालिकामा विद्युतमा भोल्टेज नपुग्दा स्थानिय समस्यामा परेका छन् ।
विद्युतमा भोल्टेज नपुग्दा अति आवश्यकीय काम समेत गर्न समस्या हुने गरेको छ । गाउपालिकामा विद्युत प्रवाहमा क्षमता अनुसारको ट्रान्सर्फमर जडान नगरेकाले स्थानिय समस्यामा परेका हुन । विद्युनमा भोल्टेज नहुदा स–साना उद्योग समेत चल्न सकेका छैनन् ।
पहिले देखिनै पछाडी परेको देवानगञ्ज गाविस हाल गाउपालिका हुँदा समेत विकासमा अझै पछाडी परेको छ ।
स्थानिय अरविन्द दासका अनुसार भोल्टेज नपुग्दा विद्युतीय उपकरण संचालनमा समस्या भएको छ । गाउपालिका भएको ४ बर्ष बितिसक्दा समेत गाउपालिकाले समस्या समाधान गर्न नसक्दा स्थानियले सास्ती भोग्न बाध्य भएको उनले बताए ।
Post Views: 39