सुनसरी, १३ साउन । बलात्कार गरेको आरोपमा प्रहरीका असई जितेन्द्रनारायण मण्डल पक्राउ परेका छन् । पीडित युवतीको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
२०७७ सालको चैत २८ गते इटहरीको गोरखा डिपार्टमेन्ट स्टोर पछाडिको एक होटलमा लगेर आफूलाई बलात्कार गरेको भन्दै पीडित युवतीले जाहेरी दिएकी थिईन् ।
मण्डलले आफू अविवाहित रहेको र विवाह गर्ने प्रलोभनमा सम्बन्ध बनाएको युवतीको भनाइ छ । पछि उनको बिवाह भएको थाहा पाएपछि युवतीले आफु अन्यायमा परेको भन्दै प्रहरीमा उजुरी गरेकी थिईन् ।
जाहेरी दर्ता भएर जिल्ला अदालत सुनसरीबाट पक्राउ पूर्जी जारी भएपछि असई मण्डलले मंगलबार प्रहरी समक्ष आत्मसमर्पण गरेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी अर्जुन केसीले बताए ।
अदालतबाट एक हप्ता म्याद थप गरी मण्डलमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।
Post Views: 23