विराटनगर। क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आईतवार दोस्रो अभ्यास खेल खेल्दैछ । खेल साँझ ७ः१५ बजे क्यानडाको ओन्टारियो क्लवबिरुद्ध टि–२० फम्र्याटको खेल खेल्न लागेको हो । यसअघि शुक्रवार भएको एकदिवसीय फम्र्याटको अभ्यासमा नेपालले ओन्टारियोलाई ६९ रनले पराजित गरेको थियो । क्यानडासँगको सिरिजअघि नेपालले अभ्यास खेलिरहेको छ । नेपालले क्यानडा बसाइमा क्यानडा राष्ट्रिय क्रिकेट टिमसँग दुई एकदिवसीय अभ्यास सिरिज खेल्नेछ । क्यानडा र नेपालले ४ र ५ जुलाईमा प्रतिष्पर्धा गर्नेछन् । त्यसपछि स्कटल्याण्डमा हुने आईसीसी विश्वकप लिग टूको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ ।
Post Views: 0