भारतद्वारा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार

भारतद्वारा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार

 राष्ट्रिय डेली

विराटनगर । भारत सरकारले अनुदान सहायता स्वरुप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको छ ।

आईतवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपालस्थित भारतीय राजदूतावासले विभिन्न संघसंस्थाहरुमा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको हो । नेपालका विभिन्न जिल्लामा अवस्थित विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामुलक संस्थाहरुलाई एम्बुलेन्स र बस उपलब्ध गराएको दुतावासले जनाएको छ । एम्बुलेन्स र बस प्रदान गरिएको कार्यक्रममा नेपालका ागि भारतीय राजदुत नवीन श्रीवास्तव सहभागी हुनुहुन्थ्यो । श्रीवास्तवले सम्बन्धित विभिन्न बस र एम्बुलेन्स प्रदान गरिएका संस्थालाई चाबी प्रदान गर्नुभएको थियो । यो सहयोग भारत स्वतन्त्र भएको ७५ औँ वर्षगाँठको अवसरमा प्रदान गरिएको हो । कार्यक्रममा मन्त्री पौडेल र नेपालका लागि भारतीय रादजुत श्रीवास्तवले नेपाल र भारतको सम्बन्ध बलियो र सहयोगीपूर्ण हुने उल्लेख गर्नुभएको थियो । भारतले सन् १९९४ यता नेपालका विविध जिल्लामा अवस्थित विभिन्न संस्थाहरुलाई ९४० वटा एम्बुलेन्स र १८४ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरिसकेको छ ।

adv-single
सम्बन्धित समाचार

वरिष्ठ समाजसेवी दिनबन्धु गोयल सम्मानित

विराटनगर / ज्येष्ठ नागरिक वडा कार्यसमिति विराटनगर–११ ले वरिष्ठ समाजसेवी एवं उद्योगी दीनबन्धु गोयल सम्मानित भएका छन् । समाजसेवामा सक्रिय गोयललाई वडा कार्यसमितिले शुक्रबार एक समारोहका बीच सम्मान गरेको हो । गोयलले ज्येष्ठ नागरिक सामुदायिक...

सेन्ट जोसेफद्वारा नयाँ विद्यार्थीहरुलाइ स्वागत

  विराटनगर । विराटनगरको गुणस्तरिय शिक्षामा अब्बल रहेको शैक्षिक सस्था सेन्ट जोसेफले भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखीकरण तालिम दिएको छ । विराटनगरस्थित आरोहण गुरुकुलमा आज एक भव्य कार्यक्रम आयोजना गरी नयाँ विद्यार्थीहरुलाइ अविर...

सामाजिक सञ्जालमा लाञ्छना लगाएको भन्दै इनरुवा अस्पतालका डाक्टरहरू आन्दोलित

इटहरी : जिल्ला अस्पताल इनरुवा सुनसरीका डाक्टरहरू आन्दोलित बनेका छन् । सामाजिक सञ्जालमार्फत चिकित्सकको चरित्र हत्या र अस्पतालको बद्नाम गर्न खोजिएको भन्दै सुनसरीका डाक्टरहरू आन्दोलित बनेका हुन् । मेडिकल सुपरिटेन्डेन (मेसु) देवराज घिमिरेसहितका डाक्टरहरूले जिल्ला प्रशासन...

प्राज्ञिक विद्यार्थी परिषद्ले हिमाली जिल्लामा शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले हिमाली जिल्लामा शैक्षिक सामग्री वितरण गर्ने जनाएको छ । शुक्रबार रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन मार्फत ११ वटा हिमाली जिल्लाहरूमा कक्षा ११ र १२ का विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने...

गीतकार चन्द्रमोहन विश्वासको ‘जनम जनम’ सार्वजनिक

विराटनगर । गीतकार चन्द्रमोहन विश्वासको ‘जनम जनम’ बोलको गीत सार्वजनिक भएको छ । थारु भाषाको उक्त गीतमा राजेन्द्र खाँ र गीता चौधरीको आवाज रहेको छ भने बिरु कुमार ऋषिदेवको संगित रहेको छ । गीतको भिडियोमा...

ग्रेडेड बोर्डिङ स्कूलमा राधाकृष्ण ड्रेस प्रतियोगिता आयोजना

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कूलमा राधाकृष्ण ड्रेस प्रतियोगिता आयोजना गरिएको छ । कृष्ण जन्मअष्टमीको अवसर पारेर विहिबार राधाकृष्ण ड्रेस प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा नर्सरीदेखि एसकेजीसम्मका ४६ जनाको सहभागिता रहेको थियो । उनीहरू...

खोलामा डुबेर दुई जनाको मृत्यु

इटहरी :  उदयपुरको ताप्लि गाउँपालिका १ मा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । भाद्र १ गते बेलुका ताप्लि १ मादलेका ३५ वर्षीय नगेन्द्र राई यारी खोलामा जाल हाली माछा मार्न गएकोमा २ गते...

उपप्रमुख कार्कीद्वारा वडा र शिक्षा महाशाखाको अनुगमन

विराटनगर / विराटनगर महानगरपालिकाले मातहतका कार्यालयहरुको अनुगमनलाई तीव्रता दिएको छ । कार्यालयमा कर्मचारी नभेटिने, भेटिए पनि छिटोछरितो रुपमा काम नगर्ने जनगुनासो आएपछि महानगरले अनुगमनलाई तीव्रता दिएको हो । महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले बिहीबार वडा...

गणित शिक्षा परिषद्को प्रदेश सम्मेलन इटहरीमा हुने

इटहरी । गणित शिक्षा परिषद् नेपालको प्रदेश नम्बर १ को प्रदेश सम्मेलन यहि भाद्र ३ गते शुक्रबार इटहरीको कस्तुरी कलेजमा हुने भएको छ। गणित शिक्षा परिषद्का केन्द्रीय अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा। हिरा बहादुर...

सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा दुर्घटना हुँदा इटहरीका एक युवकसहित दुईको मृत्यु

इटहरी : सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा इटहरीका एक युवकसहित दुईजनाको मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार धरान उपमहानगरपालिका ८ विश्वकर्मा मन्दिर नजिक बोलेरो पिकअप गाडीको ठक्करबाट मोटरसाइकलमा सवार इटहरीका...

धरानमा बोल्न र राम्रोसँग हिँड्न नसक्ने बालिकामाथि घरबेटीद्वारा बलात्कार

धरान : धरानमा घरबेटीले बालिका बलात्कार गरेका छन् । फरक क्षमता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा धरान ८ स्थितबाट ५२ वर्षीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले  जनाएको छ ।  प्रहरीका अनुसार करिब...

न्यायिक समितिका कार्यसम्पादनबारे अनुभव आदानप्रदान

विराटनगर / ताप्लेजुङ दुईवटा स्थानीय पालिकाका न्यायिक समिति संयोजकले विराटनगर महानगरपालिकाको न्यायिक समितिको अवलोकन गरेका छन् । बुधबार ताप्लेजुङको फुङलिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझा र आठराई–त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष शान्ता आङबोहाङले महानगरको न्यायिक समितिको अवलोकन गरेका...