विराटनगर । पाँचथरको फालेलुङ गाँउपालिका ७ बिदीन स्थितमा पहिरोले घर पुरिएर तीनजनाको मृत्यु भएको छ ।
शुक्रबार राति बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको ३ तले घर र गाईगोठ समेत पुरेको थियो ।
पहिरो गएको स्थानमा तत्काल खटिएको प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरको प्रहरी टोलीले उद्दार गर्ने क्रममा रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगरलाई सकुशल उद्दार गरेको थियो ।
पहिरोमा पुरिई बेपत्ता भएकाहरूको खोजतलासको क्रममा ५५ वर्षीय रुपलाल मगर उनकी श्रीमती ४२ वर्षीया श्रीमती गोमा मगर र दलप्रसादको १९ वर्षीया नातिनी एलिसा मगरको शव फेला परेको हो ।
Post Views: 0