विराटनगर । बङगलादेश स्टार तमिम इकबालले अन्तराष्ट्र्रिय क्रिकेट अन्तर्गत टि–२० फरम्याटबाट सन्यास लिएको घोषणा गरेका छन् । उनले यो निर्णय आफ्नो टोलीलाई वेस्ट इन्डिजले तीन खेलको एकदिवसीय शृंङखलामा ३-० ले पराजित गरेपछि लिएका थिए । उनले फेसबुक मार्फत सन्यासलिएको शुभचिन्तकहरु माझ स्पष्ट पारेका थिए । उनले लेखेका थिए ,‛मलाई आजदेखी टि–२० अन्तराष्ट्रियबाट सन्यासी भएको बुझ्नुहोस् ।’
तमिमले अन्तिम पटक मार्च २०२० मा टी–२० खेलेका थिए र सो खेलमा उनले जिम्बावेविरुद्ध ३३ बलमा ४१ रन बनाएका थिए । उनी बंगलादेशका लागि टी-२० मा शतक बनाउने एकमात्र ब्याट्सम्यान हुन् । आफ्नो टी-२० करियरमा तमिमले एक शतक र सात अर्धशतक बनाएका थिए ।
Post Views: 0