तरहरा । इटहरी २० तरहरामा कोरा साइक्लिङको तयारी गरिएको छ ।
तरहरा साइक्लिङले आयोजना गर्न लागेको कोरा साइक्लिङमा करीब दुई सय जनाको सहभागी हुने अध्यक्ष शिव रुम्दाली राईले जानकारी दिए ।
यस्तो किसिमको साइक्लिङ इटहरी क्षेत्रमै पहिलोपटक आयोजना गर्न लागेको उनले बताए । शनिबार बिहान ७ बजे तरहराको मुख्य चौक ९वीपी चौक० मा भेला भएर साइक्लिङ गरिने छ ।
उनका अनुसार इटहरी २० बाट सुरु हुने च्यालेन्ज इटहरी १,२,१९ वडा परिक्रमा गरिनेछ ।
तरहराको तारकेश्वर मन्दिर परिक्रमा गरी सुन्दर टोल हुँदै, पानीपिया र देवीथान मन्दिर परिक्रमा हुँदै शान्तिनगर चर्च, सुन्दरदेवी मन्दिर, आँपगाछीबाट हाँसपोसा मस्जिदलाई परिक्रमा गरी कराईबन हुँदै, जब्दी मन्दिर र ब्रह्मपुरको मन्दिर हुँदै, तामाङ गुम्बा, गुरुङ गुम्बा हुँदै तरहराको बास्केटबलमा सभा विसर्जन गरिने रुम्दालीले बताए ।
तरहरा साइक्लिङकै सदस्यहरू र व्यवसायीबाट केही रकम संकलन गरिएको र यहाँका अपाङ्गहरूलाई सहयोग गर्ने उदेश्य रहेको कोरा साइक्लिङ च्यालेन्जका संयोजक सन्तोष श्रेष्ठले बताए ।
“हामीले संकलन गरेको रकमबाट अपाङ्ग मानिसहरूलाई सहयोग गर्ने उदेश्य छ,” उनले भने, “साइक्लिङमा करीब दुई सय जना सहभागी हुने र उनीहरूबाट जनही एक सय रुपैयाँ लिने योजना बनाएका छौं ।”
कोरा साइक्लिङ चियारिटी शो जस्तै रहेको उनले बताए ।
Post Views: 2