काठमाडौं । नयाँ बन्ने जनसंख्या नीति कार्यान्वयनमा जोड दिन विज्ञहरुले सरकारलाई सुझाव दिएका छन् । बिहीबार जनसंख्या दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरुले २०७८ सालको जनगणनाअनुसार सरकारले नयाँ जनसंख्या नीति बनाइरहेको भन्दै नीतिको कार्यान्वयमा जोड दिन आग्रह गरेका हुन् ।
उनीहरुले विगतमा बनेका जनसंख्या नीतिहरु पनि कार्यान्वयन नहुँदा प्रभावकारी बन्न नसकेको उदाहरण दिँदै सरकारले नीति कार्यान्वयनमा विशेष जोड दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव ऋतु पन्तले जनसंख्या अहिले लाभांशको रुपमा लिइरहेको उल्लेख गर्दै जनसंख्याको लाभांश लिन नसकेको बताईन। उनले जनसंख्याको लाभांश अहिले नै प्रयोग गर्न नसक्ने अवस्थामा रहेको बताईन। उनले युवाहरु विदेश पलायन भइरहेको र भएका युवाहरु पनि देशका लागि प्रयोग भइरहेको छ की छैन भन्नेबारेमा अध्ययन हुन आवश्यक रहेको समेत बताएकी थिईन ।
कार्यक्रममा बोल्दै प्रा.डा. योगेन्द्रबहादुर गुरुङले जनसंख्या आफै श्रोत, साधन र साध्य भएको बताए । उनले मानवीय श्रोतको सदुपयोग गरी मानवले मानव हितको लागि विकास गर्न आवश्यक रहेको बताए । राजनीतिक, सामाजिक नीति तथा योजना बनाउँदा जनसंख्याकै आवश्यक हुने बताएका छन् । उनले धेरै नीति योजनाहरु भनेजस्तो सफल नहुने कारण जनसंख्याकै सही मूल्यांकन नहुनु रहेको बताए। रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै अन्य वक्ताहरुले वाह्य बसाईंसराईको अवस्था विकराल हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । जनसंख्याको वितरणमा असमानता रहेको बताए । उनीहरुले नेपालको जनसांख्यिक लाभांश पूर्ण उपयोग हुन नसकेको, अव्यवस्थित शहरीकरणको मारमा नागरिकहरु परेको बताए ।
Post Views: 234