विराटनगर । ऐतिहासिक चलचित्र ‘नालापानी’ पुनः रिलिज हुने भएको छ । आगामी साउन २५ गतेबाट चलचित्र प्रदर्शनमा आउने भएको हो । निर्माता तथा निर्देशक रिमेश अधिकारीले नालापानीको पुनः रिलिजका लागि तयारी भइरहेको जानकारी दिए । बितरकको सुझाव र स्कुल कलेजको उपयुक्त समय श्रावण २५ गते भएका कारण साउन २५ गतेबाट चलचित्र रिलिज गर्न लागिएको उनले बताए ,
निर्देशक तथा निर्माता रिमेश अधिकारीले पोस्टर सार्वजनिक गर्दै चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ स्पेसल अवार्ड पाएको यो चलचित्रको पुनः रिलिजको मिती सार्वजनिक गरेका हुन् ।
सन् १८१४ मा नेपाल र अङ्ग्रेजबीच नालापानी किल्लामा भएको युद्ध र त्यस युद्धमा नेपालीले देखाएको वीरता र साहसको गाथालाई विषयवस्तु बनाएर तयार गरिएको चलचित्र हो – नालापानी । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा नेपाल र अङ्ग्रेजबीच घमासान युद्ध भयो । यस युद्धमा नेपाली फौजको नेतृत्व कप्तान वीर बलभद्र कुँवरले गरेका थिए। बलभद्र कुँवर र उनका छ सय सेना यस युद्धमा वीरतापूर्वक लडे । राष्ट्रका लागि प्रत्येक नागरिकले आवश्यक परेका बेला जीवन समर्पण गर्नुपर्छ भन्ने राष्ट्रवादी भावना यस युद्धबाट सिक्नुपर्छ । नालापानी सिनेमाले यही विषयलाई बोकेको छ र यसैको आसपास सिनेमा घुमेको छ ।
यसअघि चलचित्र नालापानी २०७९ सालको तिहारमा रिलिज भएको थियो ।
Post Views: 412