काठमाडौं । प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेले नयाँ प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरे लगत्तै शुक्रबार राती दुई पार्टीले दाबी पेस गरेका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा सहितका नेताहरुले राष्ट्रपति कार्यालय शितल निवाश गएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन बहुमत सदस्यको हस्ताक्षरसहित दाबी प्रस्तुत गरेका हुन ।
प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि यही असार ३० अपरान्ह ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए।
Post Views: 348