विराटनगर । नेपाली काँग्रेसले अर्थ मन्त्रालय नपाउने भएपछि मधेस सरकारलाई दिएको सर्मथन फिर्ता लिनेबारे निर्णय गर्न संसदीय दलको बैठक जारी छ । जारी संसदीय दलको बैठकबाट सरकारलाइ दिएको समर्थन फिर्ता लिने÷नलिनेबारे निर्णय काँग्रेसले गर्न लागेको हो ।
काँग्रेस संसदीय दलका नेता कृष्ण यादवले अहिलेसम्म सहमतिअनुसार नै अघि बढ्ने गरी बसेको भएपनि अब भने संसदीय दलमा बहुमतले गरेको निर्णयलाई मानेर अघि बढ्ने बताए । काँग्रेस संसदीय दलका नेता कृष्ण यादवले भने, ‘अहिले हामी बसिरहेका छौँ, बहुमतको निर्णय जे हुन्छ त्यसै आधारमा निर्णय लिनेछौँ ।’
बैठकले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णयमा पुगे काँग्रेस नयाँ समिकरणमा सरकार बनाउन प्रयास गर्नेगरी तयारी समेत गर्न लागेको एक प्रदेस सभा सदस्यले बताए ।
Post Views: 760