काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताएका छन् । बिहीवार बिहान त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न पुगेका मन्त्री पौडेलले यस्तो प्रतिवद्धता जनाउनाएका हुन् ।
उनले अहिले मृतकहरुको फिंगर प्रिन्ट्स, दाँतबाट र शरीरका विभिन्न संकेतबाट पहिचान गर्ने काम भइरहेको र बुधवार नै ४ वटा शवको पहिचान भइसकेको बताए । शवको पहिचान भएपनि म्याचिङ गर्न बाँकी रहेको उनले बताए। बिहीवार बेलुकासम्म सबैको पहिचान गरिसक्ने र शुक्रवार बेलुकासम्म आफन्तलाई जिम्मा लगाउने गरी काम भइरहेको मन्त्री पौडेलले बताएका छन् । उले नेपालको हवाई क्षेत्र धेरै सुरक्षित हुन नसकेको भन्दै वर्षेनी ठूलो संख्यामा क्षति व्यहोर्नु पसररहेको समेत बताएका थिए । उनले नेपाललाई पर्यटकीय गन्तव्य बनाइरहने कुरा गर्दा यस प्रकारका असुरक्षाले क्षति पुग्ने बताए।
Post Views: 2,532