विराटनगर । विराटनगर–१ तीनपैनी स्थित राधाकृष्ण मन्दिर कार्यसमितिले ५६ औं संस्करणको राधाकृष्ण रथयात्रा महोत्सव–२०८१ को तयारीको औपचारिक शुरूवात गरेको छ ।
कृष्ण जन्माष्टमीको भोली पल्ट भदौ ११ गते मंगलबार हुने रथयात्रालाई भव्य, सभ्य एवं अनुशासित बनाउन कार्यसमितिका अध्यक्ष कैलाश रेग्मी नेतृत्वको ५०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।
रथयात्रामा कुनै कमि कमजोरी रहन नदिई भव्यता प्रदान गर्न १८ उपसमितिको पनि गठन गरिएको छ । पं.भवानीशंकर निरौलाको संयोजकत्वमा रथका मुख्य सारथी, सुरेश जायसवालको संयोजकत्वमा रथ सञ्चालन तथा झाँकी, आनन्द जाजुको संयोजकत्वमा रथ श्रृंगार, दिपक अग्रवालको संयोजकत्वमा मन्दिर श्रृंगार, मोहन भट्टराईको संयोजकत्वमा सुपरिवेक्षण, मीना जोशीको संयोजकत्वमा प्राथमिक उपचार, दिपक प्रधानको संयोजकत्वमा प्राविधिक, सन्तोष महत ‘स्यान्ट्रो’ को संयोजकत्वमा स्वयं सेवक, अंकित मारूको संयोजकत्वमा प्रसाद व्यवस्थापन, सुनिल साहको संयोजकत्वमा पिउने पानी व्यवस्थापन, मोहनप्रसाद गिरीको संयोजकत्वमा विद्युत व्यवस्थापन, ओमप्रकास राठीको संयोजकत्वमा सडक लोक सांस्कृतिक उपसमिति गठन गरिएको छ ।
यस्तै पुनम दाहालको संयोजकत्वमा फोहोर व्यवस्थापन, अभिषेक भट्टराई र सुवास भण्डारीको संयोजकत्वमा सोसल मिडिया विभाग, तारा आचार्यको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको छ । सो उपसमितिको सह संयोजकमा पत्रकारत्रय नविन कर्ण, अनुज सापकोटा र प्रेम देवान रहेका छन् । मन्दिर र रथयात्रा सम्बन्धी सम्पूर्ण इतिहास र वर्तमान समेटिएको पुस्तक प्रकाशनका लागि न्यू सृष्टि दैनिकका प्रमुख सम्पादक शंकर खरेलको संयोजकत्वमा अध्ययन तथा अनुसन्धान, लल्कु सहनीको संयोजकत्वमा नगर श्रृंगार, सुजित चेलको संयोजकत्वमा जुवा व्यवस्था उपसमितिको गठन गरिएको छ ।
Post Views: 1,353