सुर्खेत, १७ साउन । कर्णाली नदीमा डुङ्गा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । यस्तै तीन जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ मा रहेको स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा नदीमा डुङ्गा पल्टिँदा एक जनाको मृत्यु भएको हो भने तीन जना बेपत्ता भएका हुन् ।
डुङ्गा दुर्घटना हुँदा बेपत्ता हुनेमा मोहन्याल–३ की २० वर्षीया उर्मिला सलामी मगर, उर्मिलाको १० दिनको शिशु र त्यही ठाउँकी २० वर्षीया पार्वती थापा रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
डुङ्गामा १० जना सवार रहेकामा पाँच जनाको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । बेपत्ता भएकाको खोजीका भईरहेको प्रहरीले जनाएको छ ।
Post Views: 60