कटवाल दिपक
विराटनगर, १९ साउन । प्रदेश १ को राजधानी विराटनगरमा अव्यवस्थित पार्किङका कारण आवतजावतमा समस्या हुनका साथै दुर्घटनाको जोखिम बढेको छ । मुख्य बजार क्षेत्रमा जताततै सवारी पार्किङ गर्नाले सवारीसाधनको जाम लाग्ने गरेको छ ।
सडक पेटी समेत निर्माण भईनसकेको अवस्थामा अव्यवस्थित पार्किङकै कारण पैदल यात्रीले समेत समस्या झेल्दै आएका छन् । अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न सम्बन्धित निकायले ध्यान दिन नसकेको सर्बसाधरणले गुनासो गर्न थालेका छन् ।
अव्यवस्थित पार्किङकै कारण बजार क्षेत्रमा लामो समय जाममा फस्न बाध्यहुन् परेको नागेन्द्र खड्काले बताए । उनले भने, ‘पार्किङ व्यवस्थित नहुँदा हिडडुलमा समेत समस्या भएको छ, सडक पेटी समेत पुर्ण रुपमा निर्माण भएको छैन् ।’
बजार क्षेत्रमा बिच सडकमै सवारी रोकेर लामो समय छाडेको पाईए पनि ट्राफिकले नियमन गर्न नसकिरहेको अवस्था छ । जनशक्ति अभावका कारण सबै स्थानमा पुग्न सक्ने अवस्था नरहेको ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख चन्द्र बहादुर खड्काले बताए । उनले भने, ‘हामीसँग जनशक्ति अभाव रहेका कारण सबै ठाउँमा चाहेर पनि पुग्न सकेका छैनौँ, तरपनि सकेसम्म सबै स्थानमा नियमन गर्ने कोसिस गरेका छौँ ।’
Post Views: 24