सुनसरी, २० साउन । कोशी राजमार्गमा अन्र्तगत धरान उप–महानगरपालिका ८ तिनकुने जंगलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरटरसाइकल पछाडी सवार ईटहरी उप–महानगरपालिका १७ पकली बस्ने ४० बर्षीया मिरा देवी साह रहेकी छन् । उनको उपचारका क्रममा घरान स्थित घोपामा ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार बिहान साढे ९ बजे धरानबाट ईटहरी तर्फ आउदै गरेको को १ त ९१४३ नम्बरको ट्याक्टरलाई पछाडीबाट आईरहेको को १ ख ५४३० नम्बरको बसले पछाडीबाट ठक्कर दिँदा बिपरित दिशाबाट जादै गरेको प्रदेश–१–०२–०४० प ६४०५ नम्बरको मोटरसाइकल समेतलाई ठक्कर दिएको थियो ।
दुर्घटनाबाट मोटरसाइकल चालक मृतककै छोरा २५ बर्षीय बिमल साह धरान स्थित घोपामा उपचार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न तीनवटै सावारी साधन र बस चालक धरान १५ का ४२ बर्षीय प्रभु खड्का ईलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
Post Views: 34