सिन्धुपाल्चोक, २१ साउन । सिन्धुपाल्चोकमा गएको साउन १६ गते आएको बाढीका कारण मेलम्ची नगरपालिका–६ का थप १८ घरपरिवार विस्थापित भएका छन् । गएको असार १ गते आएको बाढीका कारण त्यही ठाउँका सात परिवार विस्थापित भएका थिए। त्यस क्षेत्रका ३० परिवारभन्दा बढी बाढीको उच्च जोखिमा रहेका छन् ।
मेलम्ची नदीले निरन्तर जमिन कटान गरी जग्गा तथा घर ढाल्न थालेपछि घर खाली गरेर स्थानीयवासी वैकल्पिक बासको खोजीमा लागेका छन् । विस्थापित अहिले आफन्तकोमा आश्रय लिइरहेको र तत्काल अस्थायी आवासको व्यवस्था गर्नुपर्ने सीएसआरसीका कार्यक्रम संयोजक कुमार थापाले जानकारी दिए ।
Post Views: 29