शिव प्रसाद लुईटेल
उदयपुर, २२ साउन । बराह अस्पताल रामपुरले रामपुर बजारमा स्वास्थ्य शिविर संचालन गरेपछि स्थानिय हर्षित भएका छन् ।
सुबिधा सम्पन्न अस्पताल आफ्नै ठाउँमा संचालन भएपछि कोशी पारी पुग्नु पर्ने बाध्यता हटेको र समयको समेत बचत हुने स्थानिय छत्र बहादुर राईले बताए । अस्पतालले स्वास्थ्य शिविर संचालन गरेपछि थप सहज भएको उनले सुनाए । ओपीडि सेवा निःशुल्क र अन्यमा १५ प्रतिशत छुट पाएपछि स्थानियलाई थप सहज भएको छ ।
अस्पतालले स्वास्थ्य शिविर संचालन गरेर स्थानियलाई सेवा दिएकोमा सुशान्त दाहालले खुशी व्यक्त गरे । आज ८० जनाले सेवा लिईसकेका छन् ।
बेलका नगरपालिका ९ रामपुर बजारमा बैशाख १८ गतेबाट संचालनमा आएको बराह अस्पतालले समुदायलाई स्वास्थ्य सुविधा सहज गराउनका लागि स्वास्थ्य शिविर संचालन गरेको बताएको छ ।
शिविरमा डा. सागर भगत, डा. प्रीयन्का पाण्डे र डा. शेखर यादवले सेवा दिईरहेका छन् । स्वास्थ्य शिविरमा नाक, कान, घाँटी, बाल रोग, प्रसुती रोग, नशा रोग, हड्डी खिइएको लगाएतको निःशुल्क उपचार भईरहेको छ ।
आजबाट शुरु भएको स्वास्थ्य शिविर भोली शनिवारसम्म संचालन हुनेछ ।