नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्ति दिएको हो ।ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रिपरिषद्मा पेश गरेको प्रस्तावअनुसार घिसिङलाई नियुक्ति दिइएको हो ।
मन्त्री भुसाले नै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाउने प्रस्ताव गरेकी थिइन् । शाक्यको सम्मानजनक बहिर्गमनका लागि प्राधिकरणमा खाईपाई आएको तलब सुविधा दिने गरी आयोगमा पठाउने प्रस्तावप्रति अर्थको सहमति आवश्यक पर्छ ।
अर्थमन्त्री जनार्दन शर्मा मन्त्रिपरिषद्को बैठकमा उपरिस्थत नभएकोले त्यसको माइन्युट हिजोको बैठकमा नभएको स्रोतको भनाइ छ। यसअनुसार प्रधाकिरणबाट शाक्य आज विदा भएर निस्केका छन् । त्यस्तै कुलमान घिसिङले भने आज नै कार्यभार सम्हाल्ने तयारी गरेका थिए। तर पत्र नपाएकोले कार्यभार सम्हाल्ने कार्यक्रम रोकिएको छ।
सम्भवत उनले भोलि आर्थात बुधबार कार्यभार सम्हाल्नेछन् ।
Post Views: 298