काठमाण्डौं, २८ साउन । अफगानिस्तानका विद्रोही समूह तालिबानले प्रान्तीय राजधानीमा कब्जा जमाउन थालेपछि सेना प्रमुख बर्खास्त भएका छन् ।
रक्षा मन्त्रालयका अनुसार तालिबानको गतिविधि बढ्दै गएपछि सरकारले त्यहाँका सेना प्रमुख वली मोहम्मद अहमदजाइलाई बर्खास्त गरेर हिबतुल्लाह अलिजइलाई ल्याइएको छ ।
नवनियुक्त सैन्य प्रमुखलाई देशभर बढेको हिंसा र तालिबानका गतिविधिलाई परास्त गर्नु पर्ने चुनौती रहेको छ । २० वर्षदेखि रहेका अमेरिकी र अन्य विदेशी सेनाले अफगानिस्तान छाडेपछि तालिबानले आफ्नो नियन्त्रण बढाउँदै लगेको छ । तालिबानले अहिलेसम्म ३४ मध्ये ९ वटा प्रान्तीय राजधानीलाई नियन्त्रणमा लिइसकेको जनाएको छ ।
Post Views: 67