झापा । झापाबाट लागुऔषध सहित चार जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले मंगलबार अपरान्ह बिर्तमोड ५ जात्रुबारीबाट सोही स्थानका २० बर्षीय रतन राजबंशी र २४ बर्षीय सुरज चौधरीलाई लागुऔषध ब्राउन सुगर ३ ग्राम ३० मिलि ग्राम सहित पक्राउ गरेको हो ।
त्यस्तै मंगलबार बेलुका ५ बजे बिर्तामोड १ चारपानेबाट सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले बिर्तामोड १ की देवी तामाङ र बिर्तामोड ५ की सिता खतिवडालाई लागुऔषध ब्राउन सुगर ४ ग्राम ४५ मिलीग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका चारै जना विरुद्ध ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।
Post Views: 33