विराटनगर । एल.पि.ग्यास बिक्रेता संघ मोरङले अभियानको तेस्रो दिन शुक्रबार हाटखोलामा माक्स बितरण गरेको छ ।
हरि इन्जिनियरिङ वकर्स प्रालि साथै जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको सहकार्यमा अभियान जारी रहेको एल.पि.ग्यास बिक्रेता संघ मोरङका अध्यक्ष गणेश कुमार साहले बताए ।
कार्यक्रम मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजाल, विराटनगर ७ का वडाअध्यक्ष मधु बाबु तिवारी, नेपाली काङ्ग्रेस मोरङ जिल्ला सदस्य राजेश गुप्ता, कृष्ण कार्की लगायतको उपस्थितिमा भएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख चन्द्रबहादुर खड्का, सई बिनोद कुमार खतिवडा, असई मोतीराज दाहाल लगायतको उपस्थितिमा हाटखोलामा १७५० थान माक्स बितरण गरेको साहले जानकारी दिए ।
Post Views: 535