विराटनगर । विराटनगर महानगरपालिका ३ र ५ मा नेकपा एकिकृत समाजवादी पार्टीको वडा कमिटी गठन भएको छ । शनिवार भएको कार्यक्रममा वडा नं. ३ मा भवानी धमलाको अध्यक्षतामा र वडा नं. ५ मा रमन गौतमको अध्यक्षतामा कमिटी गठन भएको हो ।
वडा नं. ३ मा धमलाको अध्यक्षतामा ५१ सदस्सीय कमिटी गठन भएको छ । यस्तै उपाध्यक्षमा विन्देश्वर लालदास, सचिवमा विश्वकान्त दाहाल र उप–सचिवमा मुना चौधरी चयन भएका नेकपा एकिकृत समाजवादी पार्टी महानगर अध्यक्ष पारुल क्षेत्रीले जानकारी दिए ।
यस्तै वडा नं. ५ मा गौतमको अध्यक्षतामा ६१ सदस्सीय कमिटी गठन भएको छ । वडा नं. ५ मा उपाध्यक्षमा सुरेन शाक्य र सरिता राई, सचिवमा गंगा पोखरेल भट्टराई र सह–सचिवमा पुनम अछामी र रुविन चौधरी चयन भएका क्षेत्रीले जानकारी दिए ।
Post Views: 43