नगरपालिकाहरूको ६० र प्राधिकरणको ४० प्रतिशत लगानीमा देशैभर ‘उज्यालो र सफाइ सहर अभियान’ संचालन हुने

नगरपालिकाहरूको ६० र प्राधिकरणको ४० प्रतिशत लगानीमा देशैभर ‘उज्यालो र सफाइ सहर अभियान’ संचालन हुने

 राष्ट्रिय डेली

काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले ‘उज्यालो र सफाइ सहर अभियान’ चलाउने भएको छ । उज्यालो सहर अभियानअन्तर्गत नगरपालिकाहरूसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरू, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थलहरूमा स्मार्ट लाइट जडान गरिने छ ।

यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत माग बढ्ने र रातिको खेर जाने विद्युत पनि खपत हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । सफाइ अभियानअन्तर्गत मुख्य तथा सहायक सडकहरूमा रहेका प्रयोगविहीन अनावश्यक विद्युतीय पोल तथा तारहरू हटाउने, तारहरूलाई भूमिगत गर्नेलगायतका काम अगाडि बढाइने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

पहिलो चरणमा उज्यालो र सफाइ सहर अभियान सङ्घीय राजधानी काठमाण्डौ उपत्यका, भरतपुर एवं पर्यटकीय पोखरा महानगरपालिकामा चलाइने र त्यसपछि विस्तार गर्दै देशभरि नै सञ्चालन गरिने छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आफ्नो कार्ययोजना मार्फत वितरण लाइन तथा सबस्टेशनको क्षमता वृद्धि गर्दै वितरण प्रणालीको गुणस्तर सुधार गर्ने र सहरी क्षेत्रमा वितरण प्रणालीलाई भूमिगत गर्ने कार्यलाई विस्तार गर्दै लैजाने घोषणा गरेकी थिईन् । यही घोषणालाई कार्यान्वयन गर्न प्राधिकरणले ‘उज्यालो र सफाइ सहर अभियान’ चलाउन लागेको हो ।

घिसिङले भने, ‘अहिले सडकमा प्रयोगमै नरहेका अनावश्यक पोलहरु जताततै देखिन्छन्, त्यसलाई हटाउन सुरु गरिसकेका छौँ, विद्युतीय तारलाई भूमिगत बनाउन पहिलो चरणमा काठमाण्डौको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा धमाधम काम भइरहेको छ, सहरलाई कुरुप बनाएका विभिन्न सेवा प्रदायकहरुको तारको जालोलाई हटाएर हाम्रै भूमिगत प्रणालीमा राखिने छ ।’

प्राधिकरणले अहिले काठमाण्डौ उपत्यकाको विद्युत वितरण प्रणालीलाई भूमिगत बनाउन काठमाण्डौको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम गरिरहेको छ ।

‘अहिले भइरहेको जमिन माथिको (ओभरहेड) वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरुप बनाइरहेको तारको जालो हटी सौन्दर्यता कायम राख्न सहयोग पुग्ने भएकाले यसलाई देशका प्रमुख सहरहरुमा विस्तार गर्दैछौँ ’ उनले भने ।

दोस्रो चरणमा काठमाण्डौका बाँकी रहेका ठाउँहरू, ललितपुर, भक्तपुर, पोखरा, भरतपुरको तार भूमिगत गर्ने काम अगाडि बढाइसकेको छ । विद्युतको तारसँगै अप्टिकल फाइबर पनि बिछ्याउने हुँदा इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजन सेवा प्रदायकहरूले उक्त अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन् ।

सडक र पर्यटकीय क्षेत्रमा उज्यालो

प्राधिकरणले पालिकाहरूसँगको सहकार्यमा ऐतिहासिक धार्मिक, सांस्कृतिक, विश्व सम्पदामा सूचीकृत ठाउँहरू र सडकलाई राति उज्यालो बनाउन स्मार्ट बत्ती जडान गर्न अभियान नै चलाउने छ ।

ललितपुर महानगरपालिकाको सक्रिय सहभागितामा पहिलोे चरणको स्मार्ट सडक बत्ती जडान भइसकेको छ । डडेल्धुराको अमरगढी नगरपालिकाको मुख्य सडकमा सडक बत्ती जडान कार्य सम्पन्न भइसकेको छ ।

भरतपुर महानगरपालिका, झापाको कन्काई, दोलखाको भीमेश्वर, उदयपुरको बेलका, कञ्चनपुरको भीमदत्त नगरपालिकामा स्मार्ट सडक बत्ती जडान भइरहेको छ । काठमाण्डौ, पोखरा र ललितपुरको दोस्रो फेजको स्मार्ट सडक बत्ती जडानको लागि ठेक्का सम्झौता हुने अन्तिम चरणमा रहेको छ ।

उज्यालो सहर अभियानअन्तर्गत काठमाण्डौको कोटेश्वर–भक्तपुर र कोटेश्वर–कलङ्की सडक खण्ड, मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा राखिएका बत्तीलाई हटाएर स्मार्ट लाइट जडान प्रकृया अगाडि बढिसकेको कार्यकारी निर्देशक घिसिङले बताए ।

अहिले देशभरबाट थप मागहरू आइरहेको र करिब २० वटा नगरपालिकाबाट प्राप्त मागलाई कार्यान्वयनमा लैजाने तयारी गरिएको छ । जसमध्ये कैलालीको धनगढी, बाँकेको कोहलपुर, दाङको लमही तथा तुलसीपुर, मकवानपुरको हेटौँडा, उदयपुरको गाईघाट, मोरङको सुन्दर हरैँचा, धनुषाको जनकपुर, काठमाण्डौको कीर्तिपुर, बूढानीलकण्ठ, ललितपुरको महालक्ष्मी, काभ्रेको धुलिखेल, नुवाकोटको बिदुर लगायतका नगरपालिकाहरू रहेका छन् । प्राधिकरणले स्मार्ट लाइट जडानका लागि देशभरका नगरपालिकाहरूसँग प्रस्ताव माग गरेको छ ।

नगरपालिकाहरूको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी अनुपातमा स्मार्ट लाइट जडान हुने छन् । लागत अनुमान, प्रविधिको छनोट, खरिद र निर्माणको सुपरिवेक्षण प्राधिकरणले गर्ने छ । नगरपालिकाहरूले आफैँ शतप्रतिशत लगानी गरेर बोलपत्र गरेमा प्राधिकरणले बोलपत्र प्रकृया र सुपरिवेक्षणका लागि प्राविधिक सहयोग उपलब्ध गराउने छ ।

विश्व सम्पदा सूचीकृत पशुपतिनाथ, स्वयम्भू, बौद्धनाथ, वसन्तपुर दरबार, पाटन दरबार, भक्तपुर दरबार, लुम्बिनी, जनकपुर, मुक्तिनाथ आदि क्षेत्रमा पालिका र नगरपालिकाहरूसँगको समन्वय र सहकार्यमा सजावटयुक्त स्मार्ट लाइट जडान गरिने छन् । सडकका मुख्य चोकहरूमा बढी उज्यालो दिने ठूलो बत्ती राखिने छ ।

‘उज्यालो नहुँदा हाम्रा ऐतिहासिक धरोहरहरू र पर्यटकीय स्थलहरू राति अँध्यारो नै रहने गरेका छन् भने सडक पनि अँध्यारो नै हुन्छ, त्यसैले त्यस्ता ठाउँहरूमा पालिकाहरूको साझेदारीमा स्मार्ट बत्ती राख्न उज्यालो अभियान चलाउँदै छौँ’ घिसिङले भने ।

उनले सर्वसाधारणले पनि आफ्नो घरआँगनमा उज्यालो हुने गरि बत्तीहरू जडान गर्न आग्रहसमेत गरेका छन् । ‘यसबाट एकातर्फ यातायात व्यवस्थापन, शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने छ भने अर्काेतर्फ सहरी सौन्दर्यमा वृद्धि हुने छ’ उनले भने ।

सम्बन्धित समाचार

कोशीमा पहिचान पक्षधरसँग वार्ता गर्न तीन सदस्यीय वार्ता समिति गठन

विराटनगर । कोशी प्रदेशमा पहिचान पक्षधरसँग वार्ता गर्न सरकारले समिति बनाएको छ । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिसँग वार्ता गर्न सरकारले समिति गठन गरेको हो । पहिचान पक्षधरहरू गत १० चैतदेखि आन्दोलनरत छन्...

उपत्यकाका खोलाको मापदण्ड थप २० मिटर कायम गर्ने फैसला हाल स्थगित

विराटनगर । बाग्मती नदी तथा यसका सहायक नदी तथा खोला किनाराको दायाँ बायाँ थप २० मिटर सीमा कायम गर्ने सर्वोच्च अदालतको फैसला हाललाई स्थगित भएको छ। सर्वोच्च अदालतले पुनरावेदनका लागि सरकारलाई अनुमति दिएकाले फैसला कार्यान्वयन...

प्रसाईंलाई ४० हजार धरौटीमा रिहा गर्न आदेश

  विराटनगर । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश...

त्रिविमा मैले हस्तक्षेप गरेको छैन : प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा आफ्नो कुनै हस्तक्षेप नभएको बताएका छन्। आज९बिहिबार० बसेको त्रिभुवन विश्वविद्यालयको साधारणसभा (सिनेट) बैठकमा त्रिवि कुलपतिसमेत रहेका उनले यस्तो बताएका हुन्। उनले सबैले सानो कुरामा नअल्झिएर त्रिविलाई प्रभावकारी...

शेयर बजारमा उच्च अंकले गिरावट

  विराटनगर । बिहीवार शेयर बजारमा उच्च अंकले घटेको छ । शेयर बजार ३३.४२ अंकले घटेर २,६८२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ४० कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको शेयर मूल्य...

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

विराटनगर । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपत्यका बाहिर भएका कारणले नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ। आज दिउँसो ३ बजेका लागि पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक अब भोलि बिहान ११ बजे बस्ने...

विराटनगर प्याब्सनको अध्यक्षमा अर्जुन श्रेष्ठ

विराटनगर । विराटनगर महानगर प्याव्सनको अध्यक्षमा अर्जुन श्रेष्ठ सर्वसम्मत निर्विरोध निर्वाचित भएका छन् । श्रेष्ठ विराटनगर प्याव्सनको तेस्रो अधिवेशनबाट सर्वसम्मत निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी तेस्रो महानगर अधिवेशनबाट उपाध्यक्षमा असोक लामा, सचिवमा चिरिञ्जीवि तिम्सिना,...

रविलाई थप पाँच दिनको हिरासत

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले पाँच दिन म्याद थप गरेको छ। जिल्ला अदालत कास्कीमा बिहीबार न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले उनलाई थप पाँच दिन म्याद थपी अनुसन्धान गर्न...

त्रिवि दीक्षान्त व्यावस्थित नभए बहिष्कार गर्ने : विष्णु ढुंगेल

विराटनगर । स्वतन्त्र विद्यार्थी युनियन नेपाल ल क्याम्पसका अध्यक्ष एवं त्रिवि सभा सदस्य विष्णु ढुंगेलले यस वर्षको त्रिवि दीक्षान्त समारोह व्यवस्थित नभए बहिष्कार गर्ने बताएका छन्। आज (बिहिबार) बसेको त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनमा त्रिवि कुलपति...

विश्वकप फुटबलको तयारीमा साउदी अरेबिया

विराटनगर । सन् २०३४ को फिफा विश्वकप फुटबल एसियाली मुलुक साउदी अरेबियामा हुने भएको छ। साउदी अरेबियाका रियाद, जेद्दा, अल खोबर, आभा र निओम शहरका १५ रंगशालामा खेल खेलाइने एजेन्सीले जनाएको छ। ९२ हजार दर्शक...

जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

विराटनगर । जाजरकोटको नलगाड नगरपालिका–३ को बिराखोला कैना–कट्के सडकखण्डमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो जीप गएराति ११ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका...

संखुवासभामा भरुवा बन्दुकसहित पक्राउ

विराटनगर । संखुवासभाको मकालु गाउँपालिका(२ का ३० वर्षीय लाक्पा शेर्पालाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मकालुबाट खटिएको प्रहरी टोलीले शेर्पाको घर खानतलासी गर्दा कोठाबाट लोड गरेको एक थान भरुवा बन्दुक र...