कास्की । वर्षाका कारण एक कालिज फार्ममा पालिएका कालिज मरेका छन् । लगातारको वर्षाका कारण पोखरा महानगरपालिका ११ काहुँ स्थित ससु कालिज फार्ममा रहेका ६११ वटा कालिज मरेको सञ्चालक सुवास गुरुङले जानकारी दिनुभयो ।
आफूले व्यावसायिक रूपमा कालिज पालन गर्ने उद्देश्यले ११ सयको संख्यामा चल्लाहरू ल्याएर राखेकोमा एक दिन अघि मात्र कालिज फार्ममा ९३० वटा कालिजको चल्ला हालेकोमा ६११ वटा चल्ला मृत भेटिएको सञ्चालक गुरुङले उल्लेख गर्नुभयो । उहाँका अनुसार एक सय ७० चल्ला भने हुर्काउने क्रममै त्यस अघि नै मरेका थिए । हाल करिब तीन सयको संख्यामा मात्र फार्ममा कालिज रहेका छन् ।
सञ्चालक गुरुङका अनुसार ९७ दिनका कालिजहरू मरेपछि उहाँलाई करिब १७ लाख बराबरको क्षति भएको छ ।कालिजका चल्लाहरू एकै रातमा वर्षाबाट मरेपछि ठुलो नोक्सानी बेहोर्नुपरे पनि यस्ता घटनालाई पाठका रूपमा लिएर अघि बढ्नुपर्ने सञ्चालक गुरुङले बताउनुभयो ।
साभार : पोखरा न्युज