साझा हेल्पलाइन सेवा सञ्चालन गर्न सरकारले चासो दिनुपर्छ : सरोकारवाला

साझा हेल्पलाइन सेवा सञ्चालन गर्न सरकारले चासो दिनुपर्छ : सरोकारवाला

 राष्ट्रिय डेली

विराटनगर । महामारी र विपद्को बेलामा मात्र नभएर सेवाबाट बंञ्चित भएका र हिंसा पिडितहरूका लागि मनोविमर्श सहितको साझा हेल्पलाईन सेवा सञ्चालन गर्न सरकारले चासो दिनुपर्ने सरोकारवालाहरूले जोड दिएका छन् ।

महामारी र विपद्को अवस्थामा मात्र नभएर विभिन्न सेवाबाट बञ्चित भएका पिडितहरूलाई न्याय र सेवा कहाँ कसरी पाईन्छ भन्ने सूचना दिन र उनीहरूलाई मनोविर्मश प्रदान गर्नका लागि साझा हेल्पलाईन सेवा अति आवश्यक देखिएकोले सञ्चालन गर्न सरकारले चासो दिनुपर्ने सरकारवालाहरूले जोड दिएका हुन् ।

सोमबार साझा अधिकारका लागि साझा मञ्च (कोकन) ले कोभिड महामारीका बेला अल्पकालिन रूपमा आफ्नै पहलमा सञ्चालन गरेको हेल्पलाईन सेवा प्रभावकारी पाइएकोेले सरकारले चासो दिएर दिगो रूपमा सञ्चालन गराए सबैले सहज रुपमा प्रभावकारी सेवा प्राप्त गर्न सक्ने सरोकारवालाहरूले सुझाव दिए ।

अधिवक्ता कोषराज न्यौपानेले महामारीको समयमा कुन अस्पतालमा कोभिडको उपचार हुन्छ हुदैन, बेड खाली छ छैन ? भर्ना लिन्छन लिदैनन ? सरकारले तोकेको सेवा पाईन्छ पाइदैन ? अरु सिकिस्त विरामीको उपचार हुन्छ हुदैन भन्नेबारे सूचना नपाउँदा धेरैले सास्ती बेहोर्नु परेकोले साझा हेल्पलाईन दिगो रुपले सञ्चालन गराउन सरकारले चासो दिनुपर्नेमा जोड दिए । अधिवक्त्ता न्यौपानेले हेल्पलाईनहरूले सेवा प्रदायक संस्था र जिम्मेवार सकारी निकाय, अधिकारबादी संघसस्था, पत्रकार, सहयोगी दाता सबैको ठेगाना र अवस्थाबारे अवस्था संकलन गरेर सूचना दिने भएकोले पिडितहरूका लागि समन्वयकारी भूमिका खेल्न पनि सहयोग पुर्याउने बताए ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ निर्देशक नितु बर्तौलाले सबै निकायहरूको काम गर्ने तरिका र सिमितता आ–आफ्नै हुने भएकोले महामारी र विपदको अवस्थामा मात्र नभएर अन्य अवस्थामा पनि न्याय र सेवा नपाएका पिडितहरूका लागि साझा हेल्पलाइन सेवाबाट सूचना लिन र सेवा प्राप्त गर्न सहयोग पुग्ने बताईन् ।

बालहेल्पलाइन विराटनगरका संयोजक बासु अधिकारीले कोभिड संक्रमण जस्तो महामारीका बेला सबैका लागि साझा हेल्पलाइनको अभाव अति नै खड्किएको महशुस भएको अभावमा धेरैले अस्पतालको सेवा लिन दुख पाउनु परेकोले सरकारले साझा हेल्पलाइन सेवा सञ्चालन गराउन ढिलो गर्न नहुने बताए ।

मानव अधिकार रक्षक परिषद् प्रदेश १ संयोजक सोमराज थापाले गैरसकारी क्षेत्रबाट मात्र नभएर सरकारको समेत सहभागीतामा बालहेल्प लाइन जस्तै गरेर महामारी, विपद् र अन्य पिडितहरूका लागि दीर्घकालिन रूपमा साझा हेल्पलाइन सञ्चालन भए प्रभावकारी हुने बताए । कोशी कोभिड अस्पताल विराटनगरका फोकल पर्सन बैजनाथ साहले मनोविमर्श सहितको साझा हेल्पलाइन सेवा भएमा विरामीहरू चाँडै निको हुने र भैरहेकोले दिर्घकालीन सञ्चालनमा चासो दिन सरकारसँग आग्रह गरे । उनका अनुसार सूचनाको अभावले गर्दा धेरै विरामीहरू आएर पनि भर्ना पाउन नसक्दा सास्ती पाउनु परेको र भर्ना भएकाहरूले उचित मनोविमर्श सेवा पाउँदा भेन्टिलेटरमा पुगेर पनि निको भएको अवस्था बर्णन गरे ।

अध्यक्ष तथा मनोविमर्शकर्ता मन्जिता उपाध्यायले दोस्रो महामारी सुरु भएपछि प्रभावकारी सेवाबाट बंन्ञ्चित हुन नदिन कोकनले आफै पहल लिएर अल्पकालिन हेल्पलाइन सेवा सुरु गरेको र त्यो अति नै प्रभावकारी भएको बताइन् । उनका अनुसार सरकारले चासो दिएर उचित प्रचारप्रसार गराउन सके सबै समयमा साझा हेल्पलाइन सेवा पिडितहरूका लागि फलदायी हुने बताइन् ।

कोकनले अल्पकालिन रूपमा सञ्चालन गरेको हेल्पलाइन सेवाकी फोकल पर्सन ईन्दिरा भट्टराईकाले छोटो समयमा कम प्रचारप्रसार भएपनि हेल्पलाइन सेवाबाट धेरैले प्रभावकारी रुपमा सेवा पाएको बताइन् । उनका अनुसार हेल्लाइन सुरु भएको ६ महिनाको अवधिमा झापा, इलाम, मोरङ, सुनसरी, धनकुटा मात्र नभएर मुगु र सिन्धुपाल्चोक गरि कुल ७० पुरुष र २० जना महिलाहरूले सेवा लिएका थिए ।

हेल्पलाइन मार्फत धेरै अस्पतालबारे बुझिदिनुपर्ने, औषधी र ब्लड खोजिदिनुपर्ने, सुरक्षित होटलबारे जानकारी दिनुपर्ने, उपचारको अवस्था कस्तो छ भन्नेबारे जानकारी गराउनेदेखी विरामी, आफन्त र हिंसा पिडितहरूलाई फोनमार्फत मनोविमर्श सेवा दिइएको थियो ।

 

adv-single
सम्बन्धित समाचार

सुनको मूल्यमा सामान्य वृद्धि

  विराटनगर। स्थानीय बजारमा बुधबार पहेलो धातुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलामा १ लाख ५० हजार ३ सयमा कारोबार भएको सुनको...

हेटौँडामा लडेर एक युवकको मृत्यु

    विराटनगर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका ६ मा लडेर एक युवकको मृत्यु भएको छ। हेटौँडा–६ कल्यानटारका २८ वर्षीय उद्धव राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । मंगलबार साँझ आफ्नै घरको...

प्रकाशमानले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली चीन प्रस्थान गरेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान श्रेष्ठलाई दिइएको छ। सोमबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई दिइएको जनाएको हो। यसअघि...

उपनिर्वाचन :मतगणना अन्तिम चरणमा, कुन दलले कहाँ जिते ?

विराटनगर । स्थानीय तह उपनिर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। पछिल्लो मतपरिणाम अनुसार कांग्रेसले १५ वडामा वडाध्यक्ष पदमा निर्वाचित भएको छ। एमालेले एक अध्यक्ष र एक उपाध्यक्षसहित ५ वटा वडामा वडाध्यक्ष जितेको छ। यसैगरी माओवादीले...

मोरङको ग्रामथाममा  नमोनारायण माझी विजयी

  विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमो नारायण माझी निर्वाचित भएका छन्। माझीले ६९६९ मत ल्याएर विजयी हुँदा कांग्रेसका बलराम सरदार थारू ५३३३ मतसहित दोस्रो भए। यसअघि कांग्रेसले जितेको यो गाउँपालिकामा...

१ हजार २ सयले घट्यो सुनको मूल्य

विराटनगर । स्थानीय बजारमा सोमबार पहेलो धातुको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आईतबार तोलामा १ लाख ५० हजार ५ सयमा कारोबार...

भेडेटारमा भिजी कलेजको एक दिने अभिमुखीकरण सम्पन्न

  विराटनगर । विराटनगर – ११ मा रहेको भिजी कलेजले बिबिए ,बिएसी र सिएसआइटीको नयाँ सत्रमा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कलेजले कोशी प्रदेशको पर्यटकीय स्थल भेडेटारमा नयाँ संकायमा भर्ना भएका...

अर्किड कलेजलेद्वारा विज्ञान विषयका विद्यार्थीहरुलाई अवलोकन

  विराटनगर । विराटनगरको अर्किड कलेजले कक्षा ११ का विज्ञान तर्फका विद्यार्थीहरुलाई अवलोकन भ्रमण गराएको छ । कलेजले कक्षा ११ मा विज्ञान विषयमा बायोलोजी अध्ययन गर्ने  २५० भन्दा बढि विद्यार्थीहरुलाई लेटाङको राजारानीमा अवलोकन भ्रमण गराएको...

शेयर बजारमा दोहोरो अंकले वृद्धि, बढ्यो कारोबार रकम

  विराटनगर । मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार ३३.४१ अंकले बढेर २,७१६ बिन्दुमा कायम भएको छ । शेयर बजारमा २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको शेयर मूल्य...

मूल्य घटेपछि सुनको माग बढ्यो

विराटनगर । सरकारले सुन आयातमा लाग्ने भन्सार दर आधा घटाएपछि त्यसको प्रभाव उपभोक्ता बजारमा देखिएको छ। सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको सङ्ख्या बढेको छ। सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष मणिरत्न शाक्य मूल्य घटेपछि माग बढ्नु...

इजरायली राजदूत पुगे सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय

  विराटनगर। । नेपालका लागि इजरायलका राजदूत शुमलिक एरी बासले सोमवार सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय पुगेका छन्। इजरायल र नेपालबीचको ६४ वर्ष पुरानो कूटनीतिक सम्बन्धलाई अझ दिगो बनाउने तथा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाप्रति सम्मान प्रकट गर्न...

ग्रामथानमा कांग्रेस‚ एमाले र माओवादीबीच नै प्रतिस्पर्धा हुने

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका यतीबेला चुनाव लागेको छ। नेता कार्याकर्ताहरु घरदैलो कार्यक्रममा व्यस्त देखिन्छन् । एक स्वतन्त्र र १५ राजनितिक दलका अध्यक्ष पदका उम्मेदवार मतदाताहरुसँग मत माग्दै घर घर हिँडिरहेका छन् । ग्रामथान गाउँपालीकामा...