विराटनगर। चीनमा फेरि कोभिड संक्रमणका बिरामी भेटिएका छन् । जुलाईपछि पहिलोपटक नयाँ संक्रमित भेटिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारीले बताएका छन् ।
घातक डेल्टा भेरियन्ट देखिएपछि जुनमा चीनले कोभिड नियन्त्रणका प्रयासलाई पुनः तीव्रता दिएको छ । डेढ महिनाअघि नान्जिङ प्रान्तको पूर्वी सहरको एउटा विमानस्थलमा सफाइ गर्ने कर्मचारीमा डेल्टा भेरियन्ट देखिएको थियो ।
रोग नियन्त्रण गर्न चीनले यसअघि विभिन्न प्रान्तमा कडा लकडाउन गर्नुका साथै बृहत् परीक्षण तथा आवतजावतमा प्रतिबन्ध लगाएको थियो । सरकारले चालेको कठोर कदमका कारण केही समय संक्रमण नियन्त्रणमा आएको थियो । एकमहिनाअगाडि चीनले दैनिक संक्रमण दरलाई एक सयबाट शून्यमा झारेको थियो ।
सोमबार देशमा एक महिनापछि पहिलोपटक २१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य आयोगका अनुसार १६ जनामा भने लक्षण देखिएको छैन । संक्रमित सबै दोस्रो मुलकबाट आएको बताइएको छ ।
Post Views: 325