खोटाङका अधिकांश हत्यामा आफन्तकै संलग्नता

खोटाङका अधिकांश हत्यामा आफन्तकै संलग्नता

 राष्ट्रिय डेली

 

विराटनगर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ मुढेस्थित काँडे बस्ने २३ बर्षीय नारायण थापाले आफ्नै माईला दाजुलाइ भैंसी बाँध्ने नाईलनको डोरीले घाँटीमा कसेर हत्या गरे ।

घर नजिकैको सल्लाघारीमा रहेको भोटेपिपलको रुखमा घाँटी कसी ३३ बर्षीय गिरिराज थापाको हत्यामा संलग्न भएको अभियोगमा मृतककै भतिज पर्ने १५ बर्षीय एक किशोरलाई सहित अभियुक्त नारायणलाई प्रहरीले पक्राउ गरे ।

असार १३ गते भुईंमा उज्यालो नखस्दै दिक्तेल सोल्माका सुवर्ण राईले आफ्नो बयोबृद्दा बुवाको हत्या गरे । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मा पर्ने सोल्माका २० बर्षीय राईले बिहानको अन्दाजी ४ बजे खुकुरी प्रहार गरी ७५ बर्षीय बुवा चन्द्रकुमार राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका तत्कालिन प्रहरी निरीक्षक अमरप्रसाद गजमेरको भनाइ छ ।

छोराले बुवाको किन हत्या गरेको भनेर कारण खुल्न सकेको छैन । यद्यपी, राती सुतेको समयमा आफुलाई बुवाले मारेको सपना देखेकोले वुवाको हत्या गरेको भन्ने गाउँमा हल्ला चलेको स्थानीय बताउँछन् । तत्कालै पक्राउ गरिएको सुवर्णलाई कानुनी कार्वाहीको दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित चिचिङ्गाकी २१ वर्षीया शिक्षा राई मृत अवस्थामा फेला परेपछि उनका श्रीमान् मनकुमार राई पक्राउ परेका छन् । भदौ–७ गते राती मृत फेला परेका राईलाई उनकै श्रीमानले हत्या गरेको आफन्तको दाबी छ ।

राई घरको बरण्डामा झुण्डिएको अवस्थामा फेला परेको भनिए पनि झुण्डिएको या झुण्ड्याईएको केही पनि नभएर हत्या भएको आफन्तको जिकिर छ ।

घटनाको खबर पाउनासाथ भोलिपल्ट बिहान माइतीपक्ष शिक्षाको घर पुग्दा उनको शव भुईंमा राखिएको र डोरी मात्र झुण्डिएको देखाईएको मृतकका काका ज्ञानबहादुर राईको भनाई छ ।

 

शव शंकास्पद अवस्थामा देखिएकाले उनको श्रीमानविरुद्द कर्तव्य ज्यान सम्बन्धी मुद्दाको किटानी जाहेरी दिइएको मृतकका काका ज्ञानबहादुर राईले बताए । मृतकका श्रीमानविरुद्ध कानूनी कारवाही गरी पाउँ भनेर प्रहरीमा किटानी जाहेरी दिएको आफन्तको भनाई छ । तर प्रहरीले हत्या भएको होईन भन्दै जाहेरी लिन नमानेको आफन्तको सुनाउँछन् ।

किटानी जाहेरी लिन नमानेपछि अन्य न्यायिक निकायमा जाने परिवारको तयारी छ । घटनास्थलमा आफू स्वयम् पुगेर हेर्दासमेत उनको हत्या भएको नदेखिएको प्रहरी निरीक्षक सागर साहको दाबी छ । अनुसन्धानको क्रममा हत्या नै भएको रहेछ भन्ने पुष्टि भएमा हत्या गरेको किटानी जाहेरी मागेर कारवाहीको प्रक्रिया अगाडि बढाउने साहले स्पष्ट पारे ।

पछिल्लो समय खोटाङ जिल्लामा भएका हत्याका अधिकांस घटनामा आफन्त र नातागोता कै संलग्नता भएको पाइएको छ । विभिन्न वाहाना आफ्नै परिवार भित्र हत्या, हिँसाको घटना बढ्दै गइरहेको छ ।

adv-single
सम्बन्धित समाचार

प्रकाशमानले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली चीन प्रस्थान गरेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान श्रेष्ठलाई दिइएको छ। सोमबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई दिइएको जनाएको हो। यसअघि...

उपनिर्वाचन :मतगणना अन्तिम चरणमा, कुन दलले कहाँ जिते ?

विराटनगर । स्थानीय तह उपनिर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। पछिल्लो मतपरिणाम अनुसार कांग्रेसले १५ वडामा वडाध्यक्ष पदमा निर्वाचित भएको छ। एमालेले एक अध्यक्ष र एक उपाध्यक्षसहित ५ वटा वडामा वडाध्यक्ष जितेको छ। यसैगरी माओवादीले...

मोरङको ग्रामथाममा  नमोनारायण माझी विजयी

  विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमो नारायण माझी निर्वाचित भएका छन्। माझीले ६९६९ मत ल्याएर विजयी हुँदा कांग्रेसका बलराम सरदार थारू ५३३३ मतसहित दोस्रो भए। यसअघि कांग्रेसले जितेको यो गाउँपालिकामा...

१ हजार २ सयले घट्यो सुनको मूल्य

विराटनगर । स्थानीय बजारमा सोमबार पहेलो धातुको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आईतबार तोलामा १ लाख ५० हजार ५ सयमा कारोबार...

भेडेटारमा भिजी कलेजको एक दिने अभिमुखीकरण सम्पन्न

  विराटनगर । विराटनगर – ११ मा रहेको भिजी कलेजले बिबिए ,बिएसी र सिएसआइटीको नयाँ सत्रमा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कलेजले कोशी प्रदेशको पर्यटकीय स्थल भेडेटारमा नयाँ संकायमा भर्ना भएका...

अर्किड कलेजलेद्वारा विज्ञान विषयका विद्यार्थीहरुलाई अवलोकन

  विराटनगर । विराटनगरको अर्किड कलेजले कक्षा ११ का विज्ञान तर्फका विद्यार्थीहरुलाई अवलोकन भ्रमण गराएको छ । कलेजले कक्षा ११ मा विज्ञान विषयमा बायोलोजी अध्ययन गर्ने  २५० भन्दा बढि विद्यार्थीहरुलाई लेटाङको राजारानीमा अवलोकन भ्रमण गराएको...

शेयर बजारमा दोहोरो अंकले वृद्धि, बढ्यो कारोबार रकम

  विराटनगर । मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार ३३.४१ अंकले बढेर २,७१६ बिन्दुमा कायम भएको छ । शेयर बजारमा २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको शेयर मूल्य...

मूल्य घटेपछि सुनको माग बढ्यो

विराटनगर । सरकारले सुन आयातमा लाग्ने भन्सार दर आधा घटाएपछि त्यसको प्रभाव उपभोक्ता बजारमा देखिएको छ। सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको सङ्ख्या बढेको छ। सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष मणिरत्न शाक्य मूल्य घटेपछि माग बढ्नु...

इजरायली राजदूत पुगे सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय

  विराटनगर। । नेपालका लागि इजरायलका राजदूत शुमलिक एरी बासले सोमवार सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय पुगेका छन्। इजरायल र नेपालबीचको ६४ वर्ष पुरानो कूटनीतिक सम्बन्धलाई अझ दिगो बनाउने तथा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाप्रति सम्मान प्रकट गर्न...

ग्रामथानमा कांग्रेस‚ एमाले र माओवादीबीच नै प्रतिस्पर्धा हुने

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका यतीबेला चुनाव लागेको छ। नेता कार्याकर्ताहरु घरदैलो कार्यक्रममा व्यस्त देखिन्छन् । एक स्वतन्त्र र १५ राजनितिक दलका अध्यक्ष पदका उम्मेदवार मतदाताहरुसँग मत माग्दै घर घर हिँडिरहेका छन् । ग्रामथान गाउँपालीकामा...

बाघको छालासहित एकजना पक्राउ

  विराटनगर । वडा प्रहरी कार्यालय चन्द्रौटाले बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ। शिवराज नगरपालिका वडा नं—२, हल्लानगरस्थित करुणा रेष्टुरेन्ट एण्ड लजमा कारोबार हुँदै गरेको विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको सादा...

ग्रामथानमा कांग्रेस जिताउन पुर्वमन्त्री देखी केन्द्रीय नेता मत माग्दै

  विराटनगर । ग्रामथान गाउँपालीकामा नेपाली कांग्रेसका उम्मेदवार बलराम सरदारलाई जिताउन पुर्वमन्त्री सहित केन्द्रीय नेताहरु एक भएका छन् । नेपाली कांग्रेसका मोरंङ सभापती तथा पुर्व युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बु, पुर्व अर्थमन्त्री महेश...