नेपाल–भारत उद्योग वाणिज्य संघको अध्यक्षमा बोहरा सर्वसम्मत

नेपाल–भारत उद्योग वाणिज्य संघको अध्यक्षमा बोहरा सर्वसम्मत

 राष्ट्रिय डेली

विराटनगर । नेपाल–भारत उद्योग वाणिज्य संघ प्रदेश–१ को अध्यक्षमा अविनाश बोहरा निर्वाचित भएका छन् ।

विराटनगरमा भएको संघको तेस्रो वार्षिक साधारणसभाले अध्यक्षमा बोहरासहित १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । संघको प्रथम उपाध्यक्षमा मुकेश उपाध्याय (भट्टराई), द्वितीय उपाध्यक्षमा श्याम पौडेल, महासचिवमा रमेशकुमार राठी र कोषाध्यक्षमा विकास चौधरी चयन भएका छन् ।

त्यसैगरी बाँकी १० सदस्यहरूमा बेनीगोपाल मुन्दडा, यादव पोखरेल, विजयकुमार डाल्मिया“, गायत्री भण्डारी, सन्तोषकुमार चौधरी, श्रवणकुमार अग्रवाल चयन भएका छन् । विधानअनुसार अध्यक्षले चारजना सदस्य मनोनीत गर्न सक्ने व्यवस्थाअनुसार अध्यक्षमा निर्वाचित बोहराले थप चारजनालाई कार्यसमितिमा मनोनीत गरेका छन् । मनोनीत हुनेमा सोम अधिकारी, विनोद बस्नेत, महेश पौडेल र रविन दाहाल छन् । सदस्यमा चयन भएका अधिकारीले नेपाल–भारत व्यापार सन्धीको मस्यौदा निर्माणमा योगदान गरेको जनाइएको छ ।

निर्वाचित अध्यक्षसहित कार्यसमितिका पदाधिकारीलाई गुणराज घिमिरे, मदन खनाल, श्याम भण्डारी र सोम तिम्सिना सम्मिलित निर्वाचन समितिले प्रमाणपत्र प्रदान गरेको छ । त्यसैगरी संघका निर्वतमान अध्यक्ष ललितकुमार लोहियाले खादा र माला लगाइदिएर कार्यकाल सफलताका लागि बधाई ज्ञापन गरे । अध्यक्षमा निर्वाचित बोहराले भारतस“गको बढ्दो व्यापार घाटा न्यूनीकरणका नेपाली उद्योगका मालवस्तु निर्यातमा आइपर्ने समस्यामा गर्दै लगिने बताए । उनले नेपाली उत्पादनको निर्यात विस्तारै बढ्न थाले पनि त्यसलाई प्रतिस्पर्धी रुपमा अघि बढाउन वाणिज्य तथा व्यापार क्षेत्रको समस्या पहिचान गर्ने र दुई पक्षीय रुपमा भन्सार सहजीकरण गरिने प्रतिबद्धता जनाए ।

साधारणसभाको उद्घाटन संघकी केन्द्रीय अध्यक्ष सिर्जना राणाले भर्जुअल माध्यमबाट गरेकी थिइन् । उनले नेपाल–भारत अर्थ सामाजिक व्यवस्थालाई अझ प्रगाढ बनाइने र औद्योगिक विकास तथा दुई देशीय आर्थिक क्रियाकलाप अभिवृद्धि गर्न संघले पहल गर्दैै आएको बताइन् । अध्यक्ष राणाले नेपालको जनकपुर पर्यटकीय सर्किट, लुम्बिनी सर्किट, पशुपतिनाथ सर्किटको विकासमा भारतस“ग सहकार्य गर्न सकिने बताइन् । संघकै अगुवाईमा काठमाडौं–कलकत्ता फोरमको आयोजना गर्न लागिएको पनि जानकारी दिइन् ।

भारतको जोगबनी भन्सार कार्यालयका सहायक कमिस्नार अशोक दासले जोगबनी नाकाबाट हुने व्यापार प्रवद्र्धनमा अवरोधका रुपमा रहेको मिरगञ्ज पुल चा“डै निर्माण सम्पन्न हुने जानकारी दिए । त्यसका लागि नेपालतर्फको भन्सार कार्यालयस“ग पनि समन्वय गरेर काम गरिरहेको बताए ।

भन्सार कार्यालय रानीका निमित्त प्रमुख अमित तिवारीले भन्सारले राजस्व संकलनका लागि साथै व्यापार सहजीकरणको कामलाई त्यतिकै प्राथमिकतामा राखेको दाबी गरे । उनले विराटनगर भन्सार कार्यालय अहिले अत्याधुनिक रुपमा सेवा प्रदान गरिरहेको बताए । तिवारीले भन्सारमा बेलुका ५ बजेभित्र आइपुगेको कच्चा पदार्थलाई सकेसम्म त्यही दिन पास गरेर नेपाली उद्योगसम्म पुर्याउनका लागि भन्सारले भूमिका निर्वाह गरिरहेको बताए । साथै भन्सारभित्रै अत्याधुनिक ल्याब निर्माण भइरहेकाले ल्याब परीक्षणकै कारण कतिपय वस्तुको आयात निर्यातमा देखिने गरेका समस्या हट्ने आश्वासन दिए ।

सम्बन्धित समाचार

कोशीमा पहिचान पक्षधरसँग वार्ता गर्न तीन सदस्यीय वार्ता समिति गठन

विराटनगर । कोशी प्रदेशमा पहिचान पक्षधरसँग वार्ता गर्न सरकारले समिति बनाएको छ । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिसँग वार्ता गर्न सरकारले समिति गठन गरेको हो । पहिचान पक्षधरहरू गत १० चैतदेखि आन्दोलनरत छन्...

उपत्यकाका खोलाको मापदण्ड थप २० मिटर कायम गर्ने फैसला हाल स्थगित

विराटनगर । बाग्मती नदी तथा यसका सहायक नदी तथा खोला किनाराको दायाँ बायाँ थप २० मिटर सीमा कायम गर्ने सर्वोच्च अदालतको फैसला हाललाई स्थगित भएको छ। सर्वोच्च अदालतले पुनरावेदनका लागि सरकारलाई अनुमति दिएकाले फैसला कार्यान्वयन...

प्रसाईंलाई ४० हजार धरौटीमा रिहा गर्न आदेश

  विराटनगर । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश...

त्रिविमा मैले हस्तक्षेप गरेको छैन : प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा आफ्नो कुनै हस्तक्षेप नभएको बताएका छन्। आज९बिहिबार० बसेको त्रिभुवन विश्वविद्यालयको साधारणसभा (सिनेट) बैठकमा त्रिवि कुलपतिसमेत रहेका उनले यस्तो बताएका हुन्। उनले सबैले सानो कुरामा नअल्झिएर त्रिविलाई प्रभावकारी...

शेयर बजारमा उच्च अंकले गिरावट

  विराटनगर । बिहीवार शेयर बजारमा उच्च अंकले घटेको छ । शेयर बजार ३३.४२ अंकले घटेर २,६८२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ४० कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको शेयर मूल्य...

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

विराटनगर । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपत्यका बाहिर भएका कारणले नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ। आज दिउँसो ३ बजेका लागि पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक अब भोलि बिहान ११ बजे बस्ने...

विराटनगर प्याब्सनको अध्यक्षमा अर्जुन श्रेष्ठ

विराटनगर । विराटनगर महानगर प्याव्सनको अध्यक्षमा अर्जुन श्रेष्ठ सर्वसम्मत निर्विरोध निर्वाचित भएका छन् । श्रेष्ठ विराटनगर प्याव्सनको तेस्रो अधिवेशनबाट सर्वसम्मत निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी तेस्रो महानगर अधिवेशनबाट उपाध्यक्षमा असोक लामा, सचिवमा चिरिञ्जीवि तिम्सिना,...

रविलाई थप पाँच दिनको हिरासत

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले पाँच दिन म्याद थप गरेको छ। जिल्ला अदालत कास्कीमा बिहीबार न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले उनलाई थप पाँच दिन म्याद थपी अनुसन्धान गर्न...

त्रिवि दीक्षान्त व्यावस्थित नभए बहिष्कार गर्ने : विष्णु ढुंगेल

विराटनगर । स्वतन्त्र विद्यार्थी युनियन नेपाल ल क्याम्पसका अध्यक्ष एवं त्रिवि सभा सदस्य विष्णु ढुंगेलले यस वर्षको त्रिवि दीक्षान्त समारोह व्यवस्थित नभए बहिष्कार गर्ने बताएका छन्। आज (बिहिबार) बसेको त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनमा त्रिवि कुलपति...

विश्वकप फुटबलको तयारीमा साउदी अरेबिया

विराटनगर । सन् २०३४ को फिफा विश्वकप फुटबल एसियाली मुलुक साउदी अरेबियामा हुने भएको छ। साउदी अरेबियाका रियाद, जेद्दा, अल खोबर, आभा र निओम शहरका १५ रंगशालामा खेल खेलाइने एजेन्सीले जनाएको छ। ९२ हजार दर्शक...

जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

विराटनगर । जाजरकोटको नलगाड नगरपालिका–३ को बिराखोला कैना–कट्के सडकखण्डमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो जीप गएराति ११ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका...

संखुवासभामा भरुवा बन्दुकसहित पक्राउ

विराटनगर । संखुवासभाको मकालु गाउँपालिका(२ का ३० वर्षीय लाक्पा शेर्पालाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मकालुबाट खटिएको प्रहरी टोलीले शेर्पाको घर खानतलासी गर्दा कोठाबाट लोड गरेको एक थान भरुवा बन्दुक र...