काठमाडौ । आठ करोड ८९ लाख ८० हजार बराबरको दुई केजी ९६६ ग्राम लागुऔषध कोकिनसहित तीन जना विदेशी नागरिक पक्राउ परेका छन् ।
कोकिनको कारोबारमा संलग्न रहेको अभियोगमा दक्षिण अफ्रिका, भारत र ताञ्जानियाका नागरिकलाई पक्राउ गरिएको तथा जिल्ला अदालत काठमाडौँबाट हिरासतमा राख्ने अनुमति लिएर थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण व्युराले आज जनाएको छ ।
कतार एयरको उडानद्वारा जोहानेसबर्गबाट कतार हुँदै भदौ ३ गते दिउँसो काठमाडौँ आएकी दक्षिणअफ्रिकी नागरिक शेर्ली गामालाई ब्यूरोको टोलीले भदौ ३ गते राति काठमाडौँ महानगरपालिका–१ कमलादीस्थित एक होटलबाट उक्त परिमाणको कोकिनसहित पक्राउ गरेको हो ।
रासस
Post Views: 322