सुनसरी । सप्तकोशी नदीमा पानिको उच्च वहाव मापन भएको छ । जोखिम वढेकाले उच्च जोखिममा रहेका २० घर परिवारलाई उद्धार थालिएको छ ।
पछिल्लो मापन अनुसार सप्तकोशीमा पानीको वहाव २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड पुगेको हो । कोशी ब्यारेज कन्ट्रोल कक्षका अनुसार नदीको बहाव बढेसँगै ब्यारेजका हाल ३५ वटा ढोका खोलिएका छन । निरन्तरको वर्षासँगै चतरामा समेत जलस्तर बढेको छ । मापनमा वहाव थप बढ्ने आंकलन गरिएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले नदीले टापु क्षेत्रका केहि स्थानमा कटान गरेको बताए । उनले गरैया टापुका २० घर परिवारलाई उद्दार गरी सुरक्षित स्थानमा सार्ने तयारी भैरहेको बताए । जसकालागि नेपाली सेना सहितको टोली सो क्षेत्रमा खटिएको प्रजिअ ढकालले जानकारी दिए ।
Post Views: 360