विराटनगर । मितेरी विकास बैकले आज शुक्रबार विराटनगर १४ मा अवस्थित श्री कृष्ण गौसेवा सदनलाई पचास हजार रकम सहयोग गरेको छ ।
बैकका विराटनगर शाखा प्रमुख अर्जुन पोखरेलका अनुसार बैकीङ उत्तरदायित्व कार्यक्रम अन्तरगत मितेरी बैकका सिईओ सहितको टोलिले गौसेवा सदनका सञ्चालक समितिका पदाधिकारीहरुलाई भेटि सो रकम चेक मार्फत हस्तान्त्रण गरेको हो ।
बैकका सिईओ तुलसी प्रसाद वस्तीले गैसेवा सदनका संञ्चालक समितिका पदाधिकारीलाई चेक हस्तान्त्रण गरेका थिए ।
बैकको प्रदेश १ भरी १८ वटा शाखा संञ्चालनमा छन । बैकको प्रधान कार्यलय धरानमा छ । विराटनगरको अतिथी सदन छेउमा रहेर सेवा प्रवाह गरिरहेको छ । बैकले मुद्धतीमा १२ दशमलब २५ प्रतिशत व्याज दिदै आएको छ । सो गैसेवा सदन २०४१ सालमा स्थापना भएको थियो । त्याहाँ एक सय भन्दा बढी बृद्ध –बृद्धा गाईको संरक्षण गरिदै आईएको छ ।
Post Views: 1