इटहरी( डेक्स) : रातको समयमा मानिसहरुको घरमा प्रवेश गरेर विभिन्न सामाग्री चोरेको अभियोगमा प्रहरीले एक जनालाई प्रकाउ गरेको छ । सुनसरीको कोशी गाउँपालिका वडा नं १ मा रहेको एक घरमा प्रवेश गरी घरको दराज फोडेर चोरी गरी फरार भएका ईनरुवा नगपरपालिका वडा नं २ बस्ने २१ वर्षीय बिनोद शर्मालाई प्रहरीले पक्राउ गरेको हो । निजले शर्माले चोरीका सामानहरू भारतमा बिक्री बितरण गर्ने उद्देश्यले लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले शर्मालाई प्रकाउ गरेको हो ।
चोरी गरिएका सामानहरू सुनसरीको लौकहीबाट बरामद गरीएको छ । शर्माले इनरुवा क्षेत्रमा पटक–पटक घरका सटरहरू फोड्ने र रातको समयमा चोरी गर्ने गरेको समेत अनुसन्धानमा खुल्न आएको छ ।
चोरीमा संलग्न व्यक्तिलाई चोरी मुद्धामा सात दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको पहरीले जनाएको छ । त्यसैगरी सुनसरीको भोक्राहा नरसिंह गा.पा. वडा नं ४ चिरौली चोकमा रहेको एक कस्मेटिक पसलबाट मोबाईल र साईकल चोरी गरी फरार भएका ईनरुवा नगरपालिका वडा नं ६ बस्ने २९ वर्षीय बिनोद राम मोचीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रकाउ परेका विरुद्ध चोरी मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Post Views: 0