मेयर कोइरालाद्वारा कराँते खेलाडीको विदाई

मेयर कोइरालाद्वारा कराँते खेलाडीको विदाई

 राष्ट्रिय डेली

विराटनगर / थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई सोमबार विराटनगरमा विदाई गरिएको छ ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले थाइल्याण्ड ओपन कराँते डो च्याम्पियनसिपमा सहभागी हुन जाने खेलाडीहरुलाई विदाई गरेका हुन् । कञ्चनबारी कराँते एकेडेमीले आज आयोजना गरेको कार्यक्रममा मेयर कोइरालाले खेलाडीहरु प्रभाकर रानामगर, रोजन खड्का, परशु कुँवर, सुरज कामत, महेश यादव र साहिल गिरीलाई खादा लगाएर विदाई गरे । विदाई समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले खेलकुदले समाज परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने विचार राखे । उनले खेलकुदमा राम्रो गरे परिवारसँगै राष्ट्रको नाम र इज्जत फैलिने उल्लेख गरे । “खेलकुदका माध्यमबाट पनि समाज परिवर्तन गर्न सकिन्छ, युवाहरुलाई कुलत र विकृतिबाट सही बाटोमा लगाउन सकिन्छ,” मेयर कोइरालाले भने, “अझ खेलकुदका कारण अन्तर्राष्ट्रियस्तरमा मुलुकको नाम फैलाउन सकिन्छ ।” खेलकुदले समाजलाई समेत जोड्ने उनको भनाइ थियो ।
त्यस्तै विराटनगर ४ का वडाध्यक्ष जितन थापाले शिक्षा र स्वास्थ्य जस्तै खेलकुद पनि समाजको महत्वपूर्ण अंग भएको बताए । खेलकुदले युवाहरुलाई शारीरिक र मानसिक विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने वडाध्यक्ष थापाको भनाइ थियो । “मानिसको शारीरिक र मानसिक विकासका लागि खेलकुद अपरिहार्य छ,” थापाले भने, “समाजलाई सही बाटोमा अगाडि बढाउन समेत खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।
यही अगष्ट १९ देखि २३ तारिखसम्म थाइल्याण्डमा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता हुँदैछ । प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरुलाई कञ्चनबारी कराँते एकेडेमीले औपचारिक कार्यक्रम गरेर विदाई गरेको हो । कार्यक्रममा एकेडेमीका प्रमुख प्रशिक्षक चन्द्र पराजुली, एकेडेमीका उपाध्यक्ष अर्जुन चुडाललगायतले शुभकामना दिए ।

adv-single
सम्बन्धित समाचार

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

विराटनगर । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । अर्यालले बिहीबार राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसमक्ष राजीनामापत्र बुझाएकी हुन३ । नेकपा (माओवादी केन्द्र) बाट दाहाल गत फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका...

मुख्यमन्त्री कार्की सवार जहाज विराटनगरबाट उडेको ६ घण्टापछि काठमाडौं अवतरण

विराटनगर । विराटनगरबाट काठमाडौंका लागि उडेको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार यती एयरको जहाज ६ घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । विराटनगरबाट बिहीबार बिहान ७ः४५ बजे काठमाडौं उडेको ९एन एएमएन कलसाइनको जहाज...

झापामा हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट उनका श्रीमान घाइते भएका छन् । शिवसताक्षी-११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया पवित्रा...

वर्षाका कारण रद्द भयाे नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको खेल

काठमाडौँ । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द भएको छ । वर्षाका कारण दुवै टोलीबीचको खेल रद्द भएको हो । कीर्तिपुिरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आजदेखि सुरू हुने भनिएको टी-२० शृङ्खलाअन्तर्गतको पहिलो खेल...

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीकाे प्राणान्त

काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४:४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा थिइन् । उनी आफ्नो १० वर्षको छोरालाई च्यापेर मस्त निदाइरहेकी थिइन् । नेपाल कलेज अफ म्यानेजमेन्टमा पढाउँदै आएकी पाठक बिहान ६...

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहालले बोलाएपछि सभापति देउवा उनलाई भेट्न बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटवार्तामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई...

देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने

काठमाडौँ । पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । विभागका मौसमविद्...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो । विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर...

इटहरी गोल्डकप : सगरमाथालाई हराउँदै आर्मी फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमिफाइनमा साविक विजेता सगरमाथा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय जागृति क्लबद्वारा आयोजित उक्त प्रतियोगिताअन्तर्गत बुधबार राति भएको खेलमा निर्धारित समयमा दुवै...

प्रधानमन्त्रीको निर्देशन- परम्परागत होइन, उत्पादन र रोजगारकेन्द्रित बजेटको तयारी गर्नुस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परम्परागत ढाँचाको नभएर उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित आर्थिक वर्ष २०८१/८२ को बजेटको...

मुगुमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

मुगु । गमगढीदेखि सोरू गाउँपालिकाको सोरूकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ भने चार जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२-००१ ज ००५९ नम्बरको सो जीप सोरू-६,...

सिनेमा साक्षरता अभियान लिएर देशदाैडाहामा ओस्कार कलेज, विराटनगरमा बिहीबार

विराटनगर । काठमाडौंको सुकेधारामा अवस्थित ओस्कार इन्टरनेशनल कलेजले नेपालका १० ठूला शहरमा सिनेमा साक्षरता अभियान चलाउने भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त यस कलेज विगत दुई दशकदेखि सिनेमा शिक्षा क्षेत्रमा निरन्तर योगदान गर्दै आएको स्नातक...