मधेस आन्दोलनका प्रमुख नेतृत्वकर्ता मध्येका एक किशोर कुमार विश्वासको अध्यक्षतामा बहुलराष्ट्रिय समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा सोमबार दर्ता भएको छ । मधेस आन्दोलन सफल भएपछि मधेसी जनअधिकार फोरम छोडेर विश्वास नयाँ पार्टी गठनको गृहकार्यमा थिए ।
२१ सदस्यीय केन्द्रीय समिति बनाएर निर्वाचन आयोगमा दर्ता गरिएको बहुलराष्ट्रिय समाजवादी पार्टी नेपालले चुनाव चिन्ह ‘मास्क’ दावी गरेको छ । पार्टी दर्तामा सुनसरी, मोरङ, झापा, सिराहा, पर्सा र काठमाडौंका थारु–राजबंशीको प्रतिनिधित्व गराईएको छ ।
मधेस आन्दोलनपछि खासगरी टेलिभिजन अन्तर्वार्तामा झुल्किरहने किशोर विश्वास राष्ट्रवादी नेता हुन् । सुनसरीको दुहवी निवासी उनी थारु समुदायमा खास पकड राख्छन् । चार प्रतिसत पनि नरहेका यादव समुदाय पकडेर उपेन्द्र यादव राष्ट्रिय राजनीतिमा स्थापित भइरहँदा सोही फोरमका सहअध्यक्ष विश्वास भने ७ प्रतिसत थारुहरुलाई नजरअन्दाज गरेर बसिरहेका थिए । किशोर विश्वासले थारुहरुकोबीच एकता कायम गर्न सकेको खण्डमा पार्टी दर्ताको औचित्य पुष्टि हुने पक्का छ ।
Post Views: 0