धरान : धरानमा घरबेटीले बालिका बलात्कार गरेका छन् । फरक क्षमता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा धरान ८ स्थितबाट ५२ वर्षीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरीका अनुसार करिब दुई महिनाअघि करणी गरेका भन्दै बालिकाले दिएको उजुरीका आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो ।
आरोपी पुरुष पक्राउ परेसँगै बालिकाको स्वास्थ्य परीक्षण गराइएको र स्वास्थ्य परीक्षणका क्रममा डाक्टरको रिपोर्टका अनुसार बालिका गर्भवती रहेको बताइएको छ ।
बोल्न र राम्रोसँग हिँड्न नसक्ने ती १६ वर्षीय बालिका आरोपी पुरुषको घरमा डेरा गरी बस्ने गरेको प्रहरीले जनाएको छ । घरका बुबाआमा नभएको बेलामा करणी गरीको भएपनि बालिकाको रजस्वला रोकिएको र बान्ता गर्न थालेपछि सोधपुछ गर्दा करणीबाट गर्भवती भएको खुलेको छ । पक्राउ परेका पुरुषमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Post Views: 1