इटहरी : उदयपुरको ताप्लि गाउँपालिका १ मा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । भाद्र १ गते बेलुका ताप्लि १ मादलेका ३५ वर्षीय नगेन्द्र राई यारी खोलामा जाल हाली माछा मार्न गएकोमा २ गते बिहान दहमा डुबी मृत अबस्थामा फेला परेको जानकारी प्राप्त हुनासाथ घटना स्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी अधिकृतको टोली गएर मृतक लाशलाई पोष्टमार्टमको लागि कटारी अस्पताल पठाईएको र अन्य थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
यस्तै हिजो दिउँसो १ बजे मोरङको पथरी शनिश्चरे नगरपालिका २ का बल बहादुर दर्जीको ८ वर्षीय छोरा अन्जान दर्जी साथीहरुसंग गोही खोलामा पौडी खेल्ने क्रममा पानीमा डुवेको अवस्थामा स्थानियले फेला पारी उपचारको लागि मोरङ अस्पताल पथरी लगेकोमा अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए ।
घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Post Views: 4