सामाजिक सञ्जालमा लाञ्छना लगाएको भन्दै इनरुवा अस्पतालका डाक्टरहरू आन्दोलित

सामाजिक सञ्जालमा लाञ्छना लगाएको भन्दै इनरुवा अस्पतालका डाक्टरहरू आन्दोलित

 राष्ट्रिय डेली

इटहरी : जिल्ला अस्पताल इनरुवा सुनसरीका डाक्टरहरू आन्दोलित बनेका छन् । सामाजिक सञ्जालमार्फत चिकित्सकको चरित्र हत्या र अस्पतालको बद्नाम गर्न खोजिएको भन्दै सुनसरीका डाक्टरहरू आन्दोलित बनेका हुन् ।

मेडिकल सुपरिटेन्डेन (मेसु) देवराज घिमिरेसहितका डाक्टरहरूले जिल्ला प्रशासन कार्यालय सुनसरीमा धर्ना दिएका हुन् । उनले उपचार गराउन आएकी व्यक्तिमा चेकजाँचका क्रममा मुटुको समस्या रहेकाले अन्यत्र उपचार गराउन भनिएपनि इनरुवा अस्पताल र डाक्टरमाथि गम्भीर लाञ्छना लगाएकाले आफूहरू आन्दोलित बनेको बताए ।

उनले भने, ‘परिवारले बिरामीलाई उपचारका लागि काठमाडौंको शहीद गंगालाल हृदय रोग प्रतिष्ठानमा उपचारका लागि पु¥याएका रहेछन् । त्यहाँको रिपोर्टलाई आधार मान्दै पशुपति दाहालले इनरुवा अस्पताल र डाक्टर उपर गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालमा पोष्ट गरेको पाइयो । जस पश्चात सामाजिक सञ्जालमा आफूहरू उपर गालीगलौज, मानहानी, धम्कीपूर्ण भाषा प्रयोगको क्रम बढेकाले सत्यतथ्य छानबिन गरी कारबाहीको माग सहित आन्दोलित बन्न बाध्य भएका हौं ।’

प्रशासनमा धर्ना बसेका डाक्टरहरूले आफूहरूको सम्मानमा चोट पुग्ने खालका अभिव्यक्ति दिने सामाजिक सञ्जाल प्रयोगकर्ता पशुपति दाहालमाथि कारबाहीको माग गर्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव समक्ष ज्ञापन पत्र बुझाइएको घिमिरेले बताए । प्रजिअ यादवले ज्ञापनपत्र बुझ्दै स्वास्थ्य सेवा र सेवा प्रवाहमा खटिने डाक्टर लगायत स्वास्थ्यकर्मीको सुरक्षा र अधिकारको सवालमा प्रशासन प्रतिवद्ध रहेको बताए ।

adv-single
सम्बन्धित समाचार

गण्डकीमा चुमानलाई आर्थिक र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन् । उनले विनाविभागीय मन्त्रीद्धय हरिबहादुर चुमान र राजीव गुरूङ (दीपक मनाङे) लाई आज जिम्मेवारी तोकेका हुन् । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेतासमेत रहेका...

सगरमाथा आरोहण उत्साहजनक : उठ्यो ५० करोड बढी राजस्व

काठमाडौँ । वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट ५० करोड रूपैयाँ भन्दा बढी राजस्व सङ्कलन भएको छ । पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका तीन सय ५२ जनाबाट ५० करोड...

सार्वजनिक जग्गा संरक्षणमा लाग्न जिल्ला प्रशासनहरूलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सार्वजनिक जग्गा फिर्ता ल्याउन शुक्रबार पुनः निर्देशन दिएका...

बर्दिवासलाई पराजित गर्दै एपीएफ मिल्स गोल्डकपको सेमिफाइनलमा

  विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सशस्त्र प्रहरी बल ९एपीएफ० पकली सुनसरी सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा आज भएको उद्घाटन खेलमा महोत्तरीको नगर खेलकुद...

गीतकार प्रमिला बस्नेतको 'सधैं देख्ने सपनाको' सार्वजनिक

काठमाडौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा ‘सधैं देख्ने सपनाको’ गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनि नेपाली गीतसंगीतमा सक्रिय रहेकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको...

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ (चितवन) । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताएका छन् । उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एशोसिएशन नेपाल...

काेशीका मुख्यमन्त्री कार्कीविरूद्धकाे संकल्प प्रस्ताव बहुमतले पारित

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेको सो सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो । प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेतको नियम ७०...

सांसद हसिना खानले लिइन् शपथ

काठमाडौँ । सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सिंहदरबारस्थित संसद सचिवालयमा आज आयोजित कार्यक्रममा सभामुख घिमिरले सांसद खानलाई पद तथा गोपनीयताको शपथ गराएका...

एकीकृत समाजवादीले कोशी प्रदेशमा मुख्यमन्त्री मागेको छैन : नेता खनाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरूको समीकरण परिवर्तन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुरानो समीकरण परिवर्तन गर्नुपर्ने...

रूखबाट खसेर एक पुरूषको मृत्यु

ढोरपाटन (बागलुङ) । बागलुङमा घाँस काट्ने क्रममा रूखबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका-४, खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर आज बिहान मृत्यु भएको हो । बिहान ८ बजे बाख्रालाई घाँस...

जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको पिस्कर-५, धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको...

नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित

विराटनगर । नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित भएका छन् । क्यालिफोर्नियाका २४ औं जिल्लासभा सदस्य एलेक्स लीद्वारा अनसंग हिरो २०२४ को रूपमा थापा सम्मानित भएका हुन् । थापा महिलाहरूको लागि मार्शल...