विराटनगर । मंगलबार नेप्से परिसूचकमा भारी गिरावट आएको छ । यस दिन नेप्से १४५ अंक अर्थात् ५.१८ प्रतिशतले घटेर २६५१ बिन्दुमा कायम भएको छ ।
नेप्से भारी अंकले घटेकै दिन कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ । यस दिन २३ अर्ब ७१ करोडको कारोबार भएको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७५४ रूपैयाँ ७० पैसा कायम भएको छ।
यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य ९।९७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार २५४ रूपैयाँ कायम भएको छ। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, सीईडीबी हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।
बेस्ट फाइनान्स, नेपाल वेयरहाउजिङ, रिलायन्स फाइनान्स र एचआईडीसीएलको मूल्य साढे ९ प्रतिशतभन्दा धेरै घट्यो । सानिमा बैंक, मकर जितुमाया सुरी हाइड्रोपावर, हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ९ प्रतिशतभन्दा धेरै मूल्य घट्यो ।
२३३ कम्पनीको मूल्य घट्दा ८ को मात्रै बढ्यो भने एउटाको स्थिर रह्यो । नेपाल फाइनान्स, गोर्खाज फाइनान्स, सेन्ट्रल फाइनान्स, पन्चकन्या माइ हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, शुभम् पावर, हाथवे इन्भेस्टमेन्ट कम्पनी, ओरियन्टल होटल, श्री इन्भेस्टमेन्ट फाइनान्स, तारागाउँ रिजेन्सी र मोलुङ हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो ।
सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ ६.०६, विकास बैंक ५.४३, फाइनान्स ८.२७, होटल तथा पर्यटन ८.०३, हाइड्रोपावर ४.७, लगानी ६.३, जीवन बीमा ६.३, उत्पादन ४.७, माइक्रोफाइनान्स ३.८, निर्जीवन बीमा ५, अन्य १.३ तथा ब्यापार समूह ५.८ प्रतिशत घटे ।
Post Views: 107