विराटनगर। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आजको काम आजै गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । मधेशमा कामकाजमा हेलचक्रयाई भइरहेको जनगुनासो बढ्दै जादा मुख्यमन्त्री सिंहले कर्मचारीहरुलाई आफ्नो जिम्मेवारी निर्वाह गर्नको लागि निर्देशन दिएका हुन् ।
मधेश प्रदेश सरकारको पेफा मुल्यांकन सम्बन्धी प्रारम्भिक कार्यशाला २०८१ लाई सम्बोधन गर्दैै मुख्यमन्त्री सिंहले कर्मचारीहरुलाई कार्य सम्पादनमा ध्यान दिन जरुरी रहेको बताए ।
मधेशको आउटपुट काठमाडौंले हेरिरहेको छ, उनले भने–सरकारले नीति ल्याउने हो । काम भने कर्मचारीले नै गर्ने हो ।
अर्थ मन्त्रालयले आज मुजेलियामा आयोजना गरेको कार्यशालामा उनले सरकारलाई सफल बनाउने जिम्मा कर्मचारीमा निर्भर रहेकाले यसतर्फ दत्तचित भइ अघि बढ्नको लागि सचिवहरुलाई समेत निर्देशन दिए ।
मधेश प्रदेशमा रहेका १२ वटै मन्त्रालयको वेभसाइट अपडेट छैन् । कर्मचारीहरुको सम्पर्क नम्बर लुकाइएको छ । मन्त्रालयका सचिव र सूचना अधिकारीले यसतर्फ गंभीर भएर अघि बढनुपर्छ, मुख्यमन्त्री सिंहले भने–आफ्नो दायित्व पूरा गर्नुस् ।
Post Views: 143