विराटनगर ९ सन्सारीमाइस्थानमा रहेको विराट क्याम्पसले विद्यार्थीलाई विदाई ंसंगै स्वागत गरेको छ । कलेजले व्याचलर चौथो वर्षमा अध्ययरत विद्यार्थीलाई विदाई र कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई एक कार्यक्रम आयोजना गरी स्वागत गरेको हो ।
बीबीएस चौथो वर्षमा अध्ययरत ३३ औं ब्याजका २९ जना विद्यार्थीहरुलाई कलेजले विदाई गरेको थियो भने कक्षा ११ मा व्यवथापन संकायमा नयाँ भर्ना भएका १३३ जना विद्यार्थीहरुलाई स्वागत गरिएको थियो । अहिले कक्षा ११ र १२ को ब्यवस्थापन, विविएस र एसिसिएमा कुल ७०० जना विद्यार्थीहरु अध्ययरत रहेका छन् ।कलेजले विद्यार्थीहरुलाई खादा लगाएर मायाँचो चिनो प्रदान गरेको थियो ।
२०४८ सालमा स्थापीत विराट कलेज सोम्स कलेजको रुपमा पनि परिचित रहेको छ । कार्यक्रममा बोल्दै साहायक क्याम्पस प्रमुख रोशन घिमिरे विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै रोजगारमुखी शिक्षा दिएर अगाडी बढेको बताए ।
कार्यक्रमकै अवसरमा कलेजले १७ जना देशका विभिन्न क्षेत्रमा सेवा गरिरहेका विद्यार्थीहरुलाई समेत सम्मान गरेको थियो ।
विराट क्याम्पस विगत ६ बर्षदेखि नयाँ व्यवस्थापनले संचालनमा ल्याएर विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिएर अगाडी बढिरहेको छ । स्वागत तथा विदाई कार्यक्रमकै अवसरमा कलेजले सेवानिवृत २ जना शिक्षकलाई सम्मान पनि गरेको छ । शिक्षकद्वय महेश्वर दाहाल र ईन्द्रलाल ठाकुर लाई सम्मान गरिएको थियो ।
कार्यक्रमकै अवसरमा अध्ययनरत विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । क्याम्पस प्रमुख आर सि कोईरालाको सभापतीत्वमा भएको कार्यक्रममा त्रिविका क्षेत्रिय सह परीक्षक नियन्त्रक डा. डिल्ली प्रसाई प्रमुख अतिथीका रुपमा रहेका थिए ।
Post Views: 243