विराटनगरको गोल्डेन हस्पिटलले बन्धक बनाएका दाजु बहिनी बन्धक मुक्त

विराटनगरको गोल्डेन हस्पिटलले बन्धक बनाएका दाजु बहिनी बन्धक मुक्त

 राष्ट्रिय डेली

 

विराटनगर । विराटनगरको गोल्डेन हस्पिटलमा झण्डै दुई महिना देखी बन्धक भएका २७ बर्षिया देव किसुन मण्डल र उनकी बहिनी १७ बर्षिया सविता मण्डल बन्धन मुक्त भएर घर फर्किएका छन् । सुनसरीको कोशी गाउँपालीका- ७ का दाजु बहिनी दुई महिना देखी हस्पिटलको पैसा तिर्न नसक्दा बन्धक भएर बसेका थिए ।

छिमेकमा झगडा हुदाँ चोटपटक लागेपछी उनीहरु असार ५ गते विराटनगरको गोल्डेन हस्पिटलमा उपचारको लागी आएका थिए । तर उपचार भईसक्दा समेत उनिहरु आर्थिक अभावका कारण उपचारको पैसा तिर्न नसक्दा दुई महिना बन्धक भएर बस्नु पर्यो ।

एक लाख ८३ हजार ६ सयको विल हस्पिटलले दिएको त्यस मध्ये मण्डल परिवारले हस्पिटललाई ७२ हजार र फामेर्शीलाई २३ हजार रकम बुझाएका थिए । विलको रकम १ लाख ८३ हजार भएपनी हस्पिटलले पाँच लाख मागेको पिडित परिवारको गुनासो रहेको छ ।

असार ५ गते हस्पिटल भर्ना भएका दाजु वहिनी असार १७ गते सम्म ठिक भए पनी हस्पिटलले धेरै रकम जोडेर दुई महिना सम्म छोराछोरीलाई बन्धक बनाएर राखेको पिडितका बुवा साधु मण्डलले बताएका छन् । हस्पिटलले धेरै पैसा जोडेर भनेको र पतर्न नसक्दा छोराछोरीलाई बन्धक बनाएको उनी बताउँछन् ।

बन्धक बनाएर हस्पिटलमा राखेको घटना वाहिरिए पछी हस्पिटलले हिजो साँझ बन्धक मुक्त गरेको थियो । उपचारको पैसा तिर्न नसकेका कारण उनिहरुलाई राख्नु परेको र आफुले थाहा पाएपछी घर पठाएको संचालक सनातन मण्डलले बताएका छन् ।

यसरी उपचारका लागि आएका सोझा साझा विरामीहरुलाई अस्पतालले धेरै रकम लिने गरेको र हस्पिटलले बन्धक बनाएर राख्ने गरेको यो पहिलो घटना हैन, विराटनगरमा यस्ता धेरै घटनाहरु यस अगाडी पनी हुँदै आईरहेका छन् । तर सम्बिन्धित निकायले ध्यान दिन नसक्दा आर्थिक अवस्था कमजोर भएका विरामीहरुले उपचार गर्न नसक्ने अवस्था छ ।

adv-single
सम्बन्धित समाचार

नेपाल राष्ट्र बैंकद्धारा कर्मचारी माग

विराटनगर। नेपाल राष्ट्र बैंकले विभिन्न तहमा कर्मचारीको माग गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै २ जना खरिद अधिकृत, ६ जना, सवारी चालक ६ जना, पीपा ७ जना, सिपाही ९महिला र पुरुष० १०...

लोकसेवा तयारी कक्षामा समेत विद्यार्थीहरुलाई अब्बल बनाउँदै ईडेनवर्ग कलेज

  विराटनगर । विराटनगर ९ मा अवस्थित ईडेनवर्ग कलेजले व्याचलर तर्फ विविएस र विएडको अध्ययन अध्यापन गराउँदै आईरहेको छ । वि।स २०७२ सालबाट नयाँ टिमले कलेजलाई संचालन गरे संगै कलेजमा विद्यार्थीहरु उल्लेखनीय संख्यामा अध्ययनका लागि...

मध्यपूर्व युध्दका कारण तेलको मूल्यवृद्धि

  विराटनगर । मध्यपूर्वमा बढ्दो द्वन्द्व पछी बिहीबार तेलको मूल्य वृद्धि भएको छ भने विशेषगरी प्रमुख सेयर बजारमा गिरावट आएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमाथि तेहरानको मिसाइल आक्रमणको प्रतिशोधमा इरानी तेल साइटहरूमा सम्भावित इजरायली...

सुनको मूल्य हालसम्मकै उच्च

  विराटनगर। स्थानीय बजारमा शुक्रबार सुनको मूल्य हाल सम्मकै उच्च भएको छ । सुनको मूल्य प्रतितोला ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार तोलामा १ लाख ६० हजार ९ सय रुपैयाँमा...

रोशीमा अड्किएका यातायात मजदुरलाई तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको आदेश

  विराटनगर । गृहमन्त्री रमेश लेखकले सहजरुपमा यातायात सञ्चालन गर्न यातायात व्यवसायीहरुसँग छलफल गरेका छन्। उनले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुर सङ्गठनसँग बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपदबाट अवरुद्ध राजमार्ग र सडक पुनःसञ्चालन गरी...

इजरायलले हिजबुल्लाहका नयाँ प्रमुख हाशिम सफीद्दीन गर्यो हत्या

विराटनगर । इजरायली सेनाले लेबनानको हिजबुल्लाह समूहका नयाँ प्रमुख हाशिम सफीद्दीनलाई मारेको छ। यसै हप्ता बेरुतमा आक्रमण गरेर हिजबुल्लाहका तत्कालीन प्रमुख हसन नसरुल्लाहको हत्या गरेको इजरायलले त्यसपछि उक्त समूहको नेतृत्वमा आएका सफीद्दीनको पनि ‘सफाया’ गरेको...

कोशी ब्यारेजको मर्मत सम्भार थालियो

विराटनगर । सप्तकोशीमा आएको बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत सम्भार गर्न थालिएको छ। बाढीबाट ब्यारेजको विभिन्न ठाउँ भत्किएको थियो। पूर्वी पहाडी जिल्लाहरुमा अत्यधिक वर्षाभएपछि कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकण्ड ६ लाख ९१ हजार क्युसेकसम्म...

नेपाल भारत पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर

  विराटनगर । नेपाल र भारतबीच दुई महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । आज आयोजित समारोहमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र इण्डियन आयल कर्पोरेसन लिमिटेडका निर्देशक सेन्थल...

जापानको प्रधानमन्त्रीमा इशिबा निर्वाचित

  विराटनगर । जापानको सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी एलडीपीका नेता शिगेरु इसिबा संसदको दुवै सदनमा बहुमत प्राप्त गरी औपचारिक रूपमा देशको प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। जापानी सदनले नयाँ प्रधानमन्त्री चयन गर्न दिउँसो बैठक बोलाएको थियो।...

सुनचाँदीको मूल्य बढ्यो

विराटनगर। स्थानीय बजारमा बिहिबार पहेलो धातुको मूल्य सामान्य अंकले बढेको छ । सुनको मूल्य प्रतितोला १ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलामा १ लाख ६० हजार ८ सय रुपैयाँमा कारोबार...

एमाले विराटनगरको प्रथम पूर्ण बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

  विराटनगर । नेकपा एमाले विराटनगर महानगर संगठन कमिटीको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । आज विराटनगरमा संगठन कमिटीका सदस्यहरूलाई अभिमुखीकरण गर्दै प्रथम पूर्ण बैठक सम्पन्न भएको हो । प्रथम पू्र्ण बैठकलाई सम्बोधन गर्दै...

सुनसहित हेटौँडाबाट एक पक्राउ

  हेटौँडा । मकवानपुर प्रहरीले ठूलो परिणाममा अवैध सुनसहित एकजना भारतीयलाई हेटौँडाबाट नियन्त्रणमा लिएको छ। हेटौँडा उपमहानगरपालिका १५ रातोमाटे चेकपोष्टमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०३–००१ज ६९६ नं को यात्रुवाहक विद्युतीय माइक्रोलाई जाँच गर्दा...