विराटनगर । इन्टरनेट सेवा प्रदायक संघ नेपाल ‘आइस्पान’ ले क्लासिक टेकको बचाउ गरेको छ । बिहिबार एक विज्ञप्ति जारी गर्दै ‘आइस्पान’ ले क्लासिक टेकको बचाउ गरेको हो ।
विभिन्न संचारमाध्यमहरूमा प्रकाशित ‘क्लासिक टेकको विराटनगर कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी’, ‘तालाबन्दी गरेको समाचार प्रकाशन गरेपछि क्लासिक टेकद्वारा आवर विराटनगर ब्लक’ लगायतका विभिन्न शिर्षकहरूमा प्रकाशित समचार प्रती ‘आइस्पान’ ले गम्भिर ध्यानार्कषण भएको जनाएको छ ।
आइस्पानले जारी विज्ञप्तीमा भनिए अनुसार राज्यको चौथोे अङ्गको रुपमा रहेको स्वतन्त्र पत्रकारिताको हामी सदैव सम्मान गर्दै आइरहेको छ । ‘हामी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा प्रतिवद्ध रहेका छौ । सूचना तथा प्रविधिको विकास संगसंँगै इन्टरनेट सेवा प्रदायक र आम सञ्चारमाध्यम बिचको अन्तरसम्बन्ध नङ र मासुको जस्तै रहेको छ । हामी आम नागरिक सुसुचित हुने अधिकारको लडाइमा संधसंघै रहेका छौं । आम संचारमाध्यम तथा नागरिकहरुको सुसुचित हुने अधिकारको हामी सर्दैव सम्मान गर्दछौँ ।’
बिना सबुत प्रमाण प्राविधिक समस्यालाई बढवा दिदैँ अतिरन्जित, कपोकल्पित रूपमा समाचार प्रकाशन भएकोमा हामीलाई यस्ता किसिममा कार्यले दुखित तुल्याएको र जनतालाई निरन्तर सुचना प्रवाह र्गनुपर्ने सम्मानित संचारमाध्यमले कुनै एक संस्थाप्रती पूर्वग्रही भएर लाग्नु जनताको सुचनाको हक विपरितको कार्य भएको आइस्पानले जनाएको छ । ब्लक भनिएको संचारमाध्यमको वेभसाइट आफुले होस्टिङ नगरेको, त्यसको स्वामित्व आफुसंग नरही अन्त्रनै रहेको हुनाले त्यसको पहुँच क्लासिकटेकसँग नरही अन्यत्रै रहेको आइस्पानले जनाएको छ ।
आइस्पानद्वारा जारि विज्ञप्तीमा भनिएको छ ‘नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल सरकार तथा सम्मानित अदालतको निर्णय बिना कुनै पनि सेवा प्रदायकले संचारमाध्यम प्रतिबन्ध लगाउने अधिकार जनाउँदै यस्ता भ्रमपुर्ण र अतिरञ्जित समाचार प्रकाशन तथा प्रसारण गरिनुअघि सम्बन्धित संस्था र ब्यत्तिलाई बुझनुपर्ने पत्रकारिताको सामान्य धर्म समेत निर्बाह गर्न नसक्ने र स्वार्थ पुर्तिका लागि अर्नगल प्रचार गर्ने ब्यक्ति र सञ्चारमाध्यमहरुलाई जिम्मेवार हुन आग्रह गरेको छ ।’
Post Views: 24