प्रदेश–१ मै पहिलोपटक ‘हस्पिटालिटी म्यानेजमेन्ट’ पढाइ हुने
विराटनगर/ इनोभेट नेपाल ग्रुपले विराटनगर–६ मा सञ्चालनमा ल्याएको विराटनगर इन्टरनेशनल कलेजमा नयाँ शैक्षिक सत्रदेखि ‘हस्पिटालिटी म्यानेजमेन्ट’ कोर्सको पढाइ सुरु गर्ने भएको छ । मेरिल्याण्ड कलेजको स्वामित्व हालै ग्रहण गरेको विराटनगर इन्टरनेशनल केलजले प्रदेश–१ मै पहिलोपटक ‘हस्पिटालिटी म्यानेजमेन्ट’ को पढाइ सुरु गर्न लागेको हो ।
युकेमा पढाइ हुने उक्त तीन वर्षको कोर्ष आउँदो मंसिरमा भर्ना खुलाइ नयाँ शैक्षिक सत्रदेखि हस्पिटालिटी म्यानेजमेन्ट पढाइ हुने भएको हो । यसै वर्षदेखि यस कलेजको पूर्ण रूपमा इनोभेट नेपाल ग्रुपको स्वामित्व र व्यवस्थानमा आएपछि मेरिल्याण्ड कलेज विराटनगर रहँदै आएकोमा कलेजको नाम पनि परिवर्तन गरी विराटनगर इन्टरनेशनल कलेज राखिएको अध्यक्ष सुलभ बुढाथोकीले जानकारी दिए । कलेजमा पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्दै आएको यो कलेजले हस्पिटालिटी म्यानेजमेन्ट क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्रदेश–१ मा पहिलोपटक नयाँ कोर्स लिएर आएको अध्यक्ष बुढाथोकीले बताए । हस्पिटालिटी क्षेत्रलाई चाहिने क्याप्टेन, होलट म्यानेजर, सीइओ, टिम लिडर, स्वदेशी तथा विदेशी उड्ययन तथा समुन्द्री यातायात क्षेत्रका लागि क्याबिन कृउ, ट्राभल म्यानेजरलगायतका क्षेत्रका नेतृत्व गर्ने सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएर हस्पिटालिटी म्यानिजेमेन्ट कक्ष सञ्चालनमा ल्याएको उनको भनाइ थियो । प्रदेश–१ र आसपासका विद्यार्थीले गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षा लिन विदेश नै जानुपर्ने बाध्यताको अन्त्य साथै नेपालका तथा मल्टी नेशनल कम्पनीहरूको मागअनुसारका दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको बुढाथोकीको दाबी छ ।
तीन वर्षे हस्पिटालिटी म्यानेजमेन्ट कोर्सका लागि ६ देखि ६ लाख ५० हजार रुपैयाँ शुल्क तोकिएको छ । बेलायतको पब्लिक विश्वविद्यालयसँगको साझेदारीमा विगत सात वर्षदेखि सञ्चालनमा आएको कलेजले ४ वटा ब्याचका ४ सयभन्दा बढी विद्यार्थीहरू दीक्षित गरिसकेको छ ।
इनोभेट नेपाल ग्रुपअन्तर्गत विराटनगर इन्टरनेशनल कलेज, इस्लिङटन कलेज काठमाडौं, हेराल्ड कलेज काठमाडौं, इन्फरम्यटिक्स कलेज पोखरा, इटहरी इन्टरनेशनल कलेज तथा अन्य विभिन्न सूचना प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरू साथै भर्खरै सम्भवत नेपाली शिक्षा क्षेत्रमा क्रान्तिकारी छलाङ मार्ने उद्देश्यका साथ विश्वका विभिन्न १८ देशमा समेत प्रयोग भइरहेको अनलाइन लर्निंङका लागि माइ सेकेन्ड टिचर पनि सञ्चालनमा ल्याएको छ ।
Post Views: 20