शिव प्रसाद लुइटेल
उदयपुर । गृहमन्त्री बालकृष्ण खाँणले बेलका ८ को बाढी प्रभावित क्षेत्रको आज निरीक्षण गरेका छन्। बेलका नपा–८ मा केहि दिन देखी विभिन्न पहाडी लिल्लामा परेको वर्षाको कारण पानीको बहाब बढे संगै कोशिले कटान गर्दा ठूलो मात्रामा जमिन कटान भइरहेको थियो ।
खाँणले सप्तकोशिले कटान गरेको क्षेत्रमा स्थानीयका समस्या, भईरहेका प्रयासका बारेमा बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा, प्रमुख जिल्ला अधिकारी र सुरक्षानिकायका प्रमुखसँग जानकारी लिनु भएको थिए ।
कोशी छिमेकी मुलुक भारतसँग जोडिने भएकाले दुई देशको सम्झौता अनुसार प्रकृया अघि बढाईने उनले बताए । उनले भने, ‘पहिलोचरणमा क्षतिका बारेमा सम्झौताअनुसार अर्को मुलुकलाई जानकारी गराईने छ र प्रभावित क्षेत्रका जनतालाई बाढि र कटानबाट कसरी सुरक्षित गर्ने भन्ने बिषयमा छलफल गरिने छ ।
विशेष गरी उदयपुर, सुनसरी र सप्तरी जिल्लामा यसले ठुलो क्षति पुर्याउने देखिएकाले प्राविधिक दृष्टिकोणबाट दिगो समाधान गर्न छिमेकी मुलुकसँग कुटनीतिकरुपमा छलफल चलाईने समेत उनले बताए। यस बिषयमा सरकार गम्भिर छ प्रधानमन्त्री स्वयंले जनजीवन कसरी वचाउन सकिन्छ के गर्दा नोक्सानी कम हुन्छ र राष्ट्रिय सम्पति कसरी जोगाउन सकिन्छ भन्ने उपायको खोजी गरिरहनु भएको छ । मन्त्री खाँणले जनताको ज्यु धनको सुरक्षा सँगै कोशिको दिगो समाधानका लागि पहल गर्ने आश्वसन दिएका छन् । ।
गृहमन्त्री सहिनको सो टोली सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन पश्चात उदयपुरको कोशी कटान क्षेत्रको अवलोकनका लागि आएको थियो ।
Post Views: 314