विराटनगर । तिनपैनी स्थित दराजको शाखा कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेका छन् । आइतबार साँझ सेवाग्राहीले तिनपैनी शाखामा तालाबन्दी गरेका हुन ।
अनलाईन अर्डर मार्फत सेवाग्राहीलाई सामान उपलब्ध गराउँदै आएको दराजले ठगि गरेको आरोप लगाउँदै सेवाग्राहिले तालाबन्दी गरेका हुन ।
दराजको केन्द्रीय कार्यालयमा फोनगर्दा हाम्रो गल्ति भयो भन्दै सामान उपलब्ध नहुने बताएको सेवाग्राही कुशल कोईरालाले बताए । ईसेवा मार्फत पेमेन्ट गरेको भएपनि उसले पेमेन्ट नै नभएको जवाफ दिने गरेको उनले बताए ।
एकसय पिस टेस्ट प्रोडक्ट मगाएको भएपनि अहिले आफुलाई हुँदैन भनेपछि तालाबन्दी गरेको उनले बताए । पैसा गएको देखाएको छ, तर दराजले भने आएको छैन भन्ने जवाफ दिनेगरेको उनले बताए ।
दराजले टेस्ट प्रोडक्ट सर्वसाधारणको लागि बिक्रीमा राखेको भएपनी पैसा तिरिसके पछि पेमेन्ट न आएको भनेर प्रोडक्ट नदिएको अर्का सेवाग्राही रोहण खड्काले बताए ।
उनिहरूको समस्या दुईदिन भित्रमा समाधान गर्ने दराज तिनपैनी शाखाका म्यानेजर रवि पोद्दारले बताए । यदि समाधान नभए कानुनी प्रक्रिया जादाँ हुने उनले बताए ।
Post Views: 307