शिव प्रसाद लुईटेल
उदयपुर । बेलका ४ मा रहेका २१ ओटा टोल विकास मिलेर छाता संगठन बिस्तार गरेका छन् । संगठन विस्तार गरेर ठोक्सिला उर्जा तथा ग्रामीण बिकास, बेलका नगरपालिका र बेलका ४ लार्इ विद्युतको समस्या समाधान गर्न पत्र समेत बुझाएका छन्।
राम लक्ष्मण टोल बिकासका अध्यक्ष तोत्र बहादुर थापाको नेतृत्वमा २१ वटा टोलविकासका २८ जना प्रतिनिधि भेला भएका थिए।
बेलका नगरपालिकाको १ देखि ९ नम्बर वडा सम्मै विद्युत बिस्तार गरेको हल्ला गरेता पनि ४ वडामै आफ्नो कार्यालय राखेर विद्युत बिस्तार गर्दै आएको ठोक्सिला उर्जा तथा ग्रामिण बिकासले सोहि वडाका हरिपुर, सिसुवा, कुलाबाद, गर्बे झोडा, हात्ती सुडे, डिहि टोल, आनन्द टोल र देबिथान टोलका स्थानियलाई अन्धकारमा राखेको र विद्युत बिस्तार भएका ठाउँमा पनि कोरोनाको कारण कार्यालय बन्द रहेको समयको हर्जना समेत तिर्नु परेको बिषयमा सम्बोधन हुनुपर्ने संगठनले माग गरेको छ ।
सिसुवा टोल बिकास सस्थाकी अध्यक्ष मायादेवी खत्री भन्छिन्, ‘ठोक्सिला उर्जा तथा ग्रामिण बिकास केन्द्र को स्थापना काल देखि हाल सम्मको कुनै पनि आर्थिक तथा अन्य गतिबिधि जनतासामु स्पष्ट नदेखिएकाले बेलका ४ वडाका का २१टोल विकास संस्थाको बैठक बसेर असोज ५ सम्ममा आम भेला गर्नको लागि अनुरोध सहितको निर्णय गरि ठोक्सिला विद्युत, बेलका नगरपालि र बेलका ४ लाई पत्राचार गरेका छौँ ।’
यदि उक्त समयसम्मा माग सुनुवाई नभएमा उपभोक्ताको सल्लाह र सहमति अनुसार आन्दोलनका कार्यक्रम गर्ने बताइएको छ।
Post Views: 252