दोलखा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले दोलखाका बाढी पहिरो प्रभावितलाई राहत वितरण गरेको छ । आइतबार परिषद्ले कालिन्चोक गाउपालिका ५ का ९५ परिवारलाई राहत सामाग्री वितरण गरेको हो ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल र विपद व्यवस्थापन समिति दोलखाको समन्वयमा राहत सामग्री वितरण गरिएको परिषद्का राष्ट्रिय महासचिव छितराज न्यौपानेले बताए ।
विग साइज डेन्ट ३० थान, टेन्ट ६५ थान, स्लिपिङ म्याट ५९५ थान र प्लास्टिक सिड्स १५ थान गरी ७० लाख बराबरको सामग्री वितरण गरिएको जानकारी न्यौपानेले जानकारी दिए ।
उक्त राहत सामग्री भारतीय जनता र सरकारले प्राज्ञिक विद्यार्थी परिषद नेपाललाई बाढी पहिरो प्रभावित परिवारलाई वितरण गर्नका लागि उपलब्ध गराएको थियो ।
परिषद्ले अहिलेसम्म दोलखा, गोरखा, धादिङ, रसुवामा वितरण गरिसकेको छ । अब केही दिनमा सिन्धुपाल्चोक र मनाङमा राहत वितरण गर्ने योजना रहेको परिषद्का राष्ट्रिय महासचिव न्यौपानेले जानकारी दिए ।
Post Views: 24