अर्यालको अगुवाइमा मोरङका ३ स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान

अर्यालको अगुवाइमा मोरङका ३ स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान

 राष्ट्रिय डेली

विराटनगर / नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालको अगुवाईमा मोरङका ३ स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । आइतबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी मोरङको लेटाङ नगरपालिका, धनपालथान गाउँपालिका र रतुवामाई नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

 

अर्यालको अगुवाइमा विभिन्न संस्था र व्यक्तिको सहयोगमा संकलन गरिएको ३३ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सम्बन्धित पालिकाका प्रमुखहरूलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारी, पूर्वमन्त्री दिलीप गच्छदार, सांसदहरू चुमनारायण तवदार, विन्दिया कार्कीलगायतले रतुवामाईका मेयर रविन राई, लेटाङका मेयर शंकर राई र धनपालथान गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा केन्द्रीय सदस्य अर्यालले विभिन्न व्यक्ति तथा संस्थाहरूको सहयोगमा संकलन गरिएका स्वास्थ्य सामग्रीहरू कोरोना महामारी नियन्त्रणका लागि अति नै आबश्यक परेका मोरङका ३ वटा पालिकाहरूलाई प्राथमिकताका आधारमा वितरण गरिएको जानकारी दिए ।

अर्यालले मोरङका ३ वटा पालिकाहरूलाई आवश्यक स्वास्थ्य सामग्रीहरू अक्सिजन कन्सटाइजेशन, माक्स, पिपिई, सेनिटाइजर, सर्जिकल मास्कलगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको बताए । उनले २५ पटकभन्दा बढी मोरङका विभिन्न पालिका तथा क्षेत्रमा कोरोना नियन्त्रणका लागि सहयोग स्वरुप आफ्नो पहलमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेको बतााए । कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय प्रशिक्षण विभागले विभिन्न विभागमा मोरङबाट नियुक्त गरेका पदाधिकारीहरूलाई प्रमाणपत्र पनि हस्तान्तरण गरिएको थियो ।

adv-single
सम्बन्धित समाचार

बिहिबार नेप्से ७६ अङ्कभन्दा धेरैले घट्यो

काठमाण्डौ । आज पनि शेयर बजार घटेर राताम्मे भएको छ । नेप्से आज बिहीवार ७६ दशमलव ६५ अङ्कले घटेर दुई हजार आठ सय १२ दशमलव ३८ विन्दुमा झरेको छ । आज बैंक, होटल, व्यापार, जलविद्युत,...

सामाजिक सञ्जालमार्फत ठगी बढेको भन्दै सचेत रहन प्रहरीको आग्रह

काठमाण्डौं । सामाजिक सञ्जालमार्फत आर्थिक ठगी गर्ने क्रम बढिरहेको भन्दै नेपाल प्रहरीले सचेत रहन अनुरोध गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले एक विज्ञप्ति निकालेर प्रविधिको दुरुपयोगबाट हुने ठगीबाट बच्नका लागि सामाजिक सञ्जालमा आउने भ्रामक...

अष्ट्रियामा आगामी नोभेम्बर ७ मा भलिबल प्रतियोगिता हुँदै

  विराटनगर । नेपाली युरोपियन खेलकुद संघ एनआइएससीको आयोजनामा आगामी नोभेम्बर ७ तारिखमा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । युरोपमा रहेका नेपालीहरूबीच सद्भाव र भाइचारा अभिवृद्धि गराउने उद्देश्यका साथ एनआइएससीको आयोजनामा अष्ट्रियाको जोसेफ प्रेरिस...

काठमाण्डौबाट ओखलढुङ्गा जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

रामेछाप । रामेछापमा जीप दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १० वर्षका बालक घाइते भएका छन् । दुर्घटनामा लाक्पा दोर्जे शेर्पा, लाक्पा शेर्पा र फुर्पा शेर्पाको ज्यान गएको प्रहरीले...

अष्ट्रियामा आगामी नोभेम्बर ७ मा भलिबल प्रतियोगिता हुँदै

अष्ट्रिया/ नेपाली युरोपियन खेलकुद संघ (एनआइएससी) को आयोजनामा आगामी नोभेम्बर ७ तारिखमा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । युरोपमा रहेका नेपालीहरूबीच सद्भाव र भाइचारा अभिवृद्धि गराउने उद्देश्यका साथ एनआइएससीको आयोजनामा अष्ट्रियाको जोसेफ प्रेरिस अली...

सिर्जना वाचन डबलीको ४३ औँ श्रृङ्खलामा तीन स्रष्टा प्रस्तुत हुँदै

विराटनगर, २७ साउन । ‘अक्षरहरूको आवाज’ स्रष्टा भेटघाट तथा सिर्जना वाचन डबलीको ४३ औँ श्रृङ्खलामा तीन स्रष्टा प्रस्तुत हुँदै छन् । ४३ औँ श्रृङ्खला अन्र्तगत बुधबार कवि प्रो नीफोली, अस्मिता पौडेल र रोशन तिमिल्सिना प्रस्तुत...

गाडीभित्रै बालिका बलात्कार गर्ने झापा र मोरङका दुईजना पक्राउ

विराटनगर । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गत शनिबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१२ साझा पेट्रोलपम्प अगाडि गाडीभित्रै चालक र सह–चालक दुवैले बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेकामा...

विराटनगरका विद्यालय असोज १ गतेबाट संचालन हुने

विराटनगर । विराटनगरका विद्यालयहरु असोज एक गतेबाट भौतिक उपस्थितिमा संचालन हुने भएका छन् । कोरोना महामारीकाका कारण लामो समय प्रभावित भएको शैक्षिक क्षेत्र केही महिना संचालन भएपनि महामारीको दोस्रो चरण फैलिएसँगै पुनः बन्द भएका थिए...

काठमाण्डौंबाट विराटनगर आउन लागेका दुई जना सुनका गहनासहित विमानस्थलबाट पक्राउ

विराटनगर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन केजी बढी सुनका गहनासहित दुई जना पक्राउ परेका छन् । काठमाडौंबाट श्री एयरलाइन्सको उडानमार्फत विराटनगर आउन लागेका कैलालीको बदगोरिया गाउँपालिका–१ का ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुर उपमहानगरपालिका–२...

भारतबाट वीरगञ्ज आइपुग्यो कार्गो रेल

  वीरगञ्ज । काठमाडौं । नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार नेपाल आइपुगेको छ । हिम्ड टर्मिनल प्रालीको एक र्‍याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा...

एप्पल आइफोन १३ सिरिजका ४ आइफोन बजारमा

  विराटनगर । एप्पलले आफ्नो नयाँ संस्करणका आइफोनलगायतका विभिन्न प्रडक्टहरु सार्वजनिक गरेको छ । क्यालिफोर्निया स्ट्रिमिङ नामक उक्त अनलाइन समारोहमा एप्पलले एकसाथ आइफोन १३ सिरिजसँगै आइप्याड २०२१, नयाँ आइप्याड मिनी र एप्पल वाच ७ सिरिज...